आज होली पर्व मनाईंदै, सुदुरपश्चिममा बेग्लै रौनक

काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]

महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

बाँके, फागुन १३ – महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा(आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा […]

शुक्ल पूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन

बाँके,माघ, २८-हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन गरिएको छ । व्रत बस्ने प्रत्येक महिला÷पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]

काग तिहार मनाईयो :आज सुदूरपश्चिममा

बाँके,माघ १- सुदूरपश्चिममा शनिबार काग तिहार मनाईएको छ । कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे संक्रान्तिका दिन मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन […]

मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चेली तिहारको रौनकता

बाँके,माघ १-मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट चेली तिहारको रौनकता छाएको छ । माघ महिनालाई धर्मी महिनाका रुपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरुको पोइली घरमा भेट्न गएर मीठा खाने कुरा र दान दक्षिणा दिए पछि धर्मप्रप्ती भएको अनुभुती गर्ने प्रचलन रहेको छ ।  यस क्षेत्रका बाजुरा बझाङ्ग, […]

थारु समुदायले नयाँ वर्षका रुपमा माघि पर्व धुमधामका साथ मनाउँदै : अन्य समुदायले पनि माघेसंक्रान्ती मनाए

बाँके,माघ १-आज माघ १ गते । पश्चिम तराइका थारु समुदायकाले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ […]

ज्योती चर्च लगायत नेपालगंजका विभिन्न चर्चमा कार्यक्रम गरी क्रिसमस मनाईयो

बाँके,पुस १०-इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज नेपालगंजका विभीन्न चर्च लगायत देशभरका चर्चहरुमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए […]

आज देशभर क्रिसमस मनाइँदै,आज सार्वजनिक बिदा

काठमाडौं, पुस १०-  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी […]

आज विवाहपञ्चमी पर्व मनाईंदै

जनकपुर, मंसिर १९- आज जनकपुरमा विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज९आइतबार० विवाहोत्सव मनाउने गरिन्छ भने सोमबार रामकलेवा गर्ने परम्परा छ ।विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको […]