इन्द्र कार्की महेन्द्रनगर,असोज,१९ आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]
संस्कृती,धर्म
विजया दशमीको तेस्रो दिन आज पनि टीका ग्रहण गरिदैं
काठमाडौं, असोज १६- विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदैछ ।विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ […]
आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै
काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]
आज बडादशैं : मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं
काठमाडौं, आसोज १४- आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको […]
बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम
काठमाडौं, असोज १३- हिन्दुहरुको महान पर्व बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिबार (भोलि) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने […]
वडादशैंको नवौं दिन आज महानवमी पर्व मनाईदै
काठमाण्डौं,असोज,१३- आश्विन शुक्ल महानवमीका दिनमा आज नवरात्रीको नवौं दिन नेपालीले वडादशैँका रुपमा आज नव दुर्गा माताको नवौं शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। साथै वडादसैँको नवौं दिन आज धनधान्यकि देवि माता महालक्ष्मी देविको पूजा अर्चना गरि मनाईदैछ । आजको दिन शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गर्नाले सम्पुर्ण संसारै जित्न सक्ने सिद्वता हासिल […]
वडादशैँको आठौं दिन आज महाअष्टमी पर्व
काठमाण्डौं,असोज ,१२- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]
बडा दशैंको आज पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा गरिदैं
काठमाडौं, असोज ९- बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल […]
बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं
काठमाडौं, असोज ७- बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ । घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको […]
आजदेखि बडा दशैं सुरु, घरघरमा जमरा राखिंदै
काठमाडौं, असोज ५- यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ ।आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष […]








