रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

भैरहवा,असोज,२५-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य […]

अछाममा जन्ती बोकेको जिप दूर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते

अछाम,असोज,२५-अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ […]

वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । यो दिन मातालाई केरा […]

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं,असोज,२५-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्।भारतका लागि सुनिलको […]

मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा

काठमाण्डौं,असोज,२४-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिनुभएको हो। उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्।  प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री […]

रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र

रोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो । आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ […]

कंगोमा डुंगा दुर्घटना, १ सय भन्दा बढीको मृत्यु भएको अनुमान

एजेन्सी,असोज,२४-डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सयजना भन्दाबढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। कंगोका नागरिक देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्।  उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको […]

साफ च्याम्पियनसिपमा : आज नेपाल र भारत भिड्ने

काठमाडौं,असोज,२४-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन।तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान […]

थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं,असोज,२३-नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण  गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना […]

बालोन डी ओर अवार्डको मनोनयनका लागी ३० खेलाडीको नाम सार्वजनिक

काठमाडौं,असोज,२३- फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । […]