राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान

काठमाडौं,जेठ,६-राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ ।त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गरिएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले […]

८ हजार ३०५ जना संक्रमित थपिए, १९० को मृत्यु

काठमाडौं,जेठ,६-गत २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।२२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा २१ हजार ६९५ जनाको पीसीआर गर्दा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आज […]

सरोकार पक्षलाई थाहै नदिई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन

सुर्खेत,जेठ,६-सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ।शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो । विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा […]

राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

काठमाडौं,जेठ,६-वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ। भर्खरै प्राप्त अन्तिम मतपरिणामअनुसार नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी हुनु भएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकोटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको […]

राष्ट्रिय सभा उपनिर्वाचन आज,बादल र खिमलाल मैदानमा

काठमाडौं,जेठ,६-बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा-४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार […]

दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

काठमाडौं,जेठ,५-सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ। नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो। रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैको पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन्। पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]

नेपालमा एकैदिन २ सय ४६ जनाको मृत्यु, ८१ सय ७३ संक्रमित थपिए

काठमाडौं,जेठ,५-कोभिड-१९ बाट एकैदिन २ सय ४६ जनाको मृत्यु भएको छ । भिडीयो हेर्न तल दिएको लिंक क्लिक गर्नुहोला !! बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय […]

नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु

काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं,जेठ,४-फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् ।प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् । नेपाली टिमका नियमित सदस्य […]

मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने

गुल्मी,जेठ,४-सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं. १ का सांसद […]