भारतीय तस्कर र नेपालका प्रहरीबीच गोली हानाहान

काठमाडौं,चैत,२४-कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल-भारत सीमा नाकामा सोमबार साँझ लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सीमा क्षेत्रमा ठूलो मात्रामा लागूऔषध भित्रिन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर […]

स्वतन्त्र पत्रकार संघ बाँके शाखाको तेश्रो अधिबेशन सम्पन्न

बाँके,चैत,२३-स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको तेश्रो अधिबेशन नेपालगन्जमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद तथा पूर्व महासचिब नवराज पहाडीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा बोल्दै पहाडीले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यक रहेको बताउनुभयो । उहाँले कहिले पनि सञ्चारकर्मी पूर्वाग्रहरी हुन नहुने भन्दै पत्रकारितामा मौलाएको बिकृती अन्त्य गर्न स्वतन्त्र पत्रकारहरुको सक्रियता जरुरी […]

किरण चेम्जोङ बने एसियामै साताको उत्कृष्ट खेलाडी

काठमाडौं,चैत,२३-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए भने उपाधि जित्ने […]

नेपालमा १७६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं,चैत,२२-नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् ।आइतबार १७६ जना नयाँ संक्रमित थपिएका छन् । ३४ सय ५६ जनाको पीसीआर परीक्षण भएकामा १७६ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।थपिएकामा काठमाडौंका ८७, कास्कीका २४, ललितपुरका ८, तथा भक्तपुरका ४ जना हुन् । बागलुङ, पाल्पा र मोरङ्गका समान ६ जनामा संक्रमण देखिएको छ ।योसँगै […]

महन्थ ठाकुर र पौडेलीच भेट,नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं,चैत,२२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास हात्तिवनमा पुग्नुभएको थियो।पौडेल र ठाकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको बताइएको छ । छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नुपर्ने भन्दै […]

७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने

बारा,चैत,२२-तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ । एक वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर चिनी सेवनयोग्य बनाउने चलखेल गरिएको थियो।राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनि चैत ६ गते प्रमाणित […]

वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं,चैत,२२-नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले ओलीले पार्टीलाई गलत बाटोमा लगेको र बालुवाटारमा बसेर तमासा गरेको बताउनुभयो । दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले […]

अब्दुल्लाह नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक

काठमाडौं,चैत,२२-कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको […]

ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस

काठमाडौं,चैत,२१-नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गर्नु भएको हो । कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो।  नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले […]

माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,चैत,२१-प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिनुभयो । हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताउनुभयो । […]