काठमाडौं,फाल्गुन,२६-नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गतेदेखि सकिएपछि पद रिक्त थियो। करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो। […]
ब्यानर न्यूज
आजदेखि संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने
काठमाडौं,फागुन,२६-आज (बुधबार) देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्।पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वाोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि आज हुने बैठकदेखि अलग-अलग स्थान तय गरिएको हो। संसद सचिवालयका अनुसार फैसलाअनुसार निर्वाचन आयोगले पत्र […]
च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो युभेन्ट्स
काठमाडौं,फाल्गुन,२६-इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको । मंगलबार राती भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्ट्ले क्वाटरफाइनल यात्रा तय गर्न सकेन। गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ।समग्रमा ४-४ को बराबरी भएपनि […]
पुनर्स्थापीत प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै
काठमाडौं,फागुन,२६-पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ।सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड-नेपाल पक्षका […]
नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण हुँदै
बाँके,फाल्गुन,२५-नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगञ्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जानकारी दिएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिनुभयो […]
ओली सरकार टिकाउन र हटाउन जसपा निर्णायक हुने
काठमाडौं,फागुन,२५-सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपालाई मान्यता नदिएपछि नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी नेपाल निर्णायक हुने भएको छ। माओवादी र एमाले पार्टी विभाजन भएपछि संसदमा दलहरुको स्थितिमा फेरबदल आएको छ। यसका कारण अब सरकारको समीकरण पनि परिवर्तन हुने भएको हो।माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा उनले संसदमा विश्वासको […]
थप ५९ संक्रमित, ६० संक्रमणमुक्त, १ जनाको मृत्यु
काठमाडौं,फागुन,२५-पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो।गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको […]
बुधबारको संसद् बैठकमा पनि एमाले र माओवादी केन्द्र सँगै बस्ने
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बस्ने प्रनिनिधिसभाको पहिलो बैठकमा दुवै दल सँगै बस्ने भएका छन् । बुधबार निर्वाचन आयोगले संसद् सचिवालयमा दुई दल अलग्गिएको पत्र पठाएपछि पनि दुवै दल सँगै बस्ने भएका हुन् । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा […]
एमाले र माओवादीलाई ओयोगले भन्यो:फेरि एकता गर्ने भए १५ दिनभित्र आउनु
काठमाडौं,फाल्गुन,२५-निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले फेरि एकीकरणको लागि आउन पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो। पत्रमा भनिएको छ, ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी […]
माओवादी केन्द्रको निर्णय: चैत १ गते केन्द्रीय समिति बैठक र २ गते प्रशिक्षण कार्यक्रम गर्ने
काठमाडौं,फागुन,२५-नेकपा माओवादी केन्द्रको मंगलबार दिउँसो बसेको स्थायी समिति बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले चैत १ गते केन्द्रीय समिति बैठक र चैत २ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ। केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘चैत १ गते केन्द्रीय समिति र २ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने […]





