कोहलपुर महोत्सवमा आयोजकको व्यवहार प्रती स्थानीय कलाकार रुष्ट

काठमाडौं,फाल्गुन,१४-यतिबेला पश्चिम नेपालको सुन्दर नगरी कोहलपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर को आयोजनामा बृहत् पाचौं प्रादेशिक लघु घरेलु तथा कृषी प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०८० चलिरहेको छ। कुनै पनि स्थानमा मेला महोत्सवहरु आयोजना हुन्छन् र हुनु व्यापार ब्यबसाय र कला संस्कृत प्रवर्द्धन को लागि निकै राम्रो कुरा पनि हो।यस्ता मेला महोत्सव आयोजना […]

आज सरस्वतीको पूजा आराधना गरी मनाईदै

काठमाडौं,फाल्गुन,२-आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी।विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।बुधबार बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ।काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ।वैदिक सत्य सनातन धर्मावलम्वीहरुले बुधबार विद्याकी […]

एमाले धादिङको अधिवेशनमा कुटाकुट,एकजनाको हातै भाच्चीयो

काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो। एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको […]

यू-१९ विश्वकप : अफगानिस्तानलाई १ विकेटले हराउँदै,नेपाल सुपर सिक्समा

काठमाडौं,माघ,१२-आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ।नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो। जितको लागि १४६ रनको विजयी लक्ष्य पाएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो।नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रन बनाउदै अर्धशतकिय इनिङ खेलेका […]

यू १९ विश्वकप : आज नेपाल र न्युजिल्याण्ड भिड्ने

काठामाडौं,माघ,७-आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ। नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन्।१९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो। यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगितामा सहभागी टोलीलाई चार […]

डलुवाले यसरी गर्छन उद्दार

टोकियो,जापान,माघ,४-डुलुवा टिभि एक निकै लोकप्रीय अनलाईन मिडिया हो।जापानबाट संचालीत यो अनलाईन टिभीले जापानमा रहेका बिधार्थी,कामदार तथा त्यहांका नेपाली ब्यबसायीहरुसंग डुल्दै घुम्दै बिभीन्न खाले भिडियो सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्दै आएको छ। डुलुवा टिभिले बिदेश जाने बहानामा ठगीन लागेका हजारौं नेपालीको उद्दार समेत गरेको छ।बिशेषत बैदेशीक रोजगारीको बहानामा ठगीने थुर्पै नेपालीहरुलाई चेतना फैलाउने काम समेत यो […]

आज माघे संक्रान्ति : परम्परा अनुसार मनाइँदै

काठमाडौं,माघ,१-आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले पनि आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ आज माघी मनाउने गर्दछन् । आज घिउ, चाकु, तरुल, सखरखण्ड तथा खिचडी खाने प्रचलन छ । पुस मसान्तका दिन उसिनेको तरुल माघ १ […]

टोकियोमा दोहोरी कलाकार द्वय श्याम राना र सम्झना लामिछाने ले दर्शकलाई झुमिझुमी नचाए

टोकियो,जापान,पौष,२८-जापानको टोकियोमा लोक तथा दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरले दर्शकलाई झुमिझुमी नचाएका छन्।  नेपाल मगर संघ जापानले शनिवार माघे संक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगरले दर्शकलाई नचाएका हुन्। […]

माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ : राजदुत डा. दुर्गा बहादुर सुवेदी

टोकियो,जापान,२८-जापान स्थीत नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीले माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ। नेपाल मगर संघ जापानले शनिवार  टोकियोमा आयोजना गरेको एक सांगितीक माघे संक्रान्ती विशेष लाङ्घाली साँझ कार्यक्रममा बोल्दै महामहिम राजदुत डा.दुर्गा सुवेदीले माघे संक्रान्ती पर्व एक महत्वपुर्ण पर्व भएको हुदाँ यो पर्व मगर समुदाय […]

मगर संघ क्षेत्रीय समिती गुन्माको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,पुस,२९-नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।शनिवार माघी विशेष कार्यक्रम गर्दै माघे संक्रान्ती पर्व मनाईएको थियो। उक्त माघि विशेष कार्यक्रममा विभिन्न जापानमा रहेका प्रवासी मगर समुदायका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाएका थिए। औपचारिक कार्यक्रमको सभापतित्वमा नेपाल मगर संघ क्षेत्रीय समिती संघका अध्यक्ष रिदम रोका मगर […]