काठमाण्डौं,असोज,८-पृथ्वीमा सात समुन्द्र छन्, विश्वका आश्चर्यहरु पनि सातवटै छन्, फुटबलमा लक्की मानिने नम्बर पनि सात नै हो । यस्तै पृथ्वीमा पनि सातै वटा महादेश छन् । फुटबल सर्वव्यापी खेलकुद हो र यो खेल मन नपराउने शायदै कोही होलान् । आज हामी हेर्दै छौ सात माहादेशका सात उत्कृष्ट खेलाडीहरु । एसिया-सन ह्युङ मिन (दक्षिण कोरिया) टोटनह्यामका […]
ब्यानर न्यूज
एकैदिन ११७२ जनामा कोरोना संक्रमीत थपिए, ७ जनाको मृत्यु
काठमाडौं,असोज,७-नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । २४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ […]
झापा र बर्दियामा गरी २ जनाको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ४,५१ पुग्यो
काठमाडौं,असोज,७-झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको […]
थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए
काठमाडौं,असोज,६-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो। उहाॅंका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा […]
सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय
काठमाडौं,असोज,६-सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताउनुभयो। ‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि […]
विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं,असोज,६-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको छ । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत सम्बोधन गर्दै उहाँले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताउनुभयो । राष्ट्रसंघ […]
जिया भुसालको अभिनयमा मार्मिक दशैं गित “रातो धागो” सार्बजनिक
काठमाण्डौं,असोज,५-पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो “ मार्फत कलाकारितामा अघि बढाएका छन् ,पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ । नारायण थापाको लय रहेको गीतको भिडियोलाई […]
विश्वभरी कोरोना संक्रमित हुनेको संख्या तीन करोड बाह्र लाख नाघ्यो
काठमाडौं,असोज,५-विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले […]
नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने
काठमाडौं,असोज,५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले ट्वीट गर्दै पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने तय भएको बैठक भोलि मध्यान्ह १२.३० बजे बालुवाटारमा बस्ने तय भएको उल्लेख गर्नुभएको […]
जनवर्गीय संगठनका नेताहरुसँग कमल थापाले भने- ‘राप्रपा उठ्छ, उठाउँछौं’
काठमाडौं,असोज,४-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता […]


