जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौं : शिक्षामन्त्री

काठमाडौं,असोज,१०-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ। शिक्षा पत्रकार समाजले शनिवार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक […]

नेपालमा कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु ,संक्रमितको संख्या ७१८२१ पुग्यो

काठमाडौं,असोज,१०-नेपालमा शनिवार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४६७ जनाको मृत्यु पुष्टि भएको […]

कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु

काठमाडौं,असोज,१०-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिकको मृत्यु भएको छ। बझाङ घर भई हाल काठमाडौँमा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ। यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनको सधन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा मृत्यु भएको हो। असोज ८ […]

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला,असोज,१०-गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।’ सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्नसकेमात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक […]

विदेश जाने नेपालीको संख्या ह्वात्तै घट्यो, तर रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

काठमाडौं,असोज,९-कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै घटेको भए पनि विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भने गत वर्षको तुलनामा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सर्वाजनिक गरेको तथ्यांक अनुसार गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशत बढेको हो। तथ्यांकअनुसार यो साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आप्रवाह भएको […]

‘रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्छ’

काठमाडौं,असोज,९-राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाईसमेत राख्नुपर्ने बताएका छन् । अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको छैन । सांसदहरुले नेपाल […]

कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

काठमाडौं,असोज,९-नेपालमा शुक्रवार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४५९ जनाको मृत्यु पुष्टि भएको […]

सीमा अनुगमन गर्न गृहमन्त्रीको टोली दार्चुलामा, सशस्त्रको गुल्म शिलान्यास पनि गर्ने

काठमाडौं,असोज,९-गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ।सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ त्यसतर्फ जानु भएको हो । गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय […]

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं,असोज,९-नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ।लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ । पछिल्लो […]

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार

स्याङ्जा,असोज,८-वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का १४ बर्षिय विक्रम नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ […]