काठमाडौं,फागुन,२६-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि […]
ब्यानर न्यूज
म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि
काठमाडौं,फागुन,१९-इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो । समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल […]
कोरोना भाइरस रोक्न सरकारले उच्च सतर्कता अपनाउने विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने
काठमाडौं,फागुन,१८- सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय […]
अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन- प्रचण्ड
काठमाण्डौं,फागुन,१७-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताउनुभयो । प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डल परिमार्जन नभए एमसीसी पारित नहुने बताउनु भएको हो। उहाँले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताउनुभयो […]
कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र प्रभावित
काठमाडौं,फागुन,१७-चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपमा फैलिँदै गएको छ ।कोरोनाका कारण विश्वव्यापी रुपमा सेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ । अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ ।पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सयजना कोरोनाबाट संक्रमित भएका […]
विमल घर्ती मगरको ह्याट्रिकमा मछिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा
काठमाण्डौं,फाल्गुन,१३-मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको २० औंमिनेटमा बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता […]
विमल घर्ति मगरको निर्णायक गोलमा मछिन्द्रलाई सताक्षी गोल्डकपको उपाधि
काठमाण्डौं,फाल्गुन,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ। झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका […]
आज महाशिवरात्रि पर्व देशभर मनाईदै
काठमाडौं,फागुन,९-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]
के हो मुद्रण काण्ड (सेक्युरिटी प्रेस)? मन्त्री गोकुल बाँस्कोटा कसरी फसे विस्तृतमा
काठमाडौं,फागुन,८-नेपालमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) छैन। नोट, अन्तःशुल्क स्टिकर, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, रिचार्ज कार्ड, बैंकको चेकलगायतका सामग्री छाप्ने मेसिनलाई सुरक्षण मुद्रण छापाखाना भनिन्छ। यस्तो छापाखाना भएको कम्पनी हालसम्म उद्योग विभागमा दर्ता भएको छैन। नेपालमा केही स्तरीय छापाखानाले रिचार्ज कार्ड र बैंकको चेक भने छाप्छन्। तर, अझै पनि नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड २० […]
सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ । समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल […]


