सभामुख र सांसदबाट राजीना दिन : महरालाई नेकपाको सुझाव

काठमाडौं,असोज,१४- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । […]

सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न : गगन थापाको माग

काठमाण्डौं,असोज,१४- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न माग गर्नु भएको छ । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट राजीनामा दिनुपर्ने भन्दै आम नागरिकलाई कानुनले जसरी हेर्छ सभामुखलाई पनि त्यसरी नै हेर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख […]

बडादशैंको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१४- वडा दशैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ।नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो […]

बडादशैँको आज दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं,असोज,१३- बडादशैंको दोस्रो  दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन […]

दशैको मुखमा निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा

काठमाडौं,असोज,१३- दशैको मुखमा किन आन्दोलित हुँदैछन् : निजी विद्यालयका शिक्षकहरु ? दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति […]

नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]

५० वर्ष देखि टपरी बेचेरै जिविकोपार्जन गर्दै ६० वर्षे वृद्ध महिला

नेपालगन्ज,असोज,१२- उमेरले ६० नेटो काट्न लागेको छ । अझै पनि अाफना घरपरिवारलाई लालनपालन गर्नमा केही राहत होस् भनेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी दानपती केवट(घसियारा) ले विगत ५० वर्ष देखि पात किनेर टपरी बनाउदै बेच्दै गरेकी छिन् । दिनमा कति रुपैयाँको बिक्री हुन्छ भनेर प्रश्न गर्दा उनले अाजभोलि सोह्र श्राद्धमा १५० देखि ३०० रुपैयाँ […]

कम्युनिष्टलाई देउवाको चेतावनी : गगन भन्छन’ कम्युनिष्ट विरुद्ध कांग्रेसले सिकार गर्छ

काठमाडौं,असोज,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिनुभएको छ । आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिनुभयो । कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले […]

एक युवतीले अाफ्नो जन्मदिन : जीवन बीमा गरेर मनाईन्

नेपालगन्ज,असोज,१०- अाफ्नो जन्मदिन मनाउदा मानिसहरुले होटलमा गएर खानपिन नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बाँकेमा शुक्रबार एक युवतीले अाफनो जन्मदिनमा रु २५ लाखको जीवन बीमा गरेर मनाएकी छिन् । समाजवादी पार्टी नेपालकि केन्द्रीय सदस्य , माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड कि संस्थापक सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत […]

सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल शिवपुरी मावि ७१ औं वर्षमा

काठमाडौं,असोज,१०- सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो ।पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । यस […]