बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने

 बिरेन्द्र शाह/ कैलाली,पौष,१२- कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ ।  भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । […]

ओखलढुांको तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन

सिर्जना बर्देवा/  ओखलढुंगा,पौष,१२- २ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच उक्त मोटर बाटो उद्घाटन गरिएको हो । सिद्धिचरण नगरपालिकाको चालु आर्थिक बर्ष ७४,७५ को बिनियोजित बजेट बिस लाख र तिन लाख चार हजार स्थानीयको जनश्रामदान बाट खनिएको मोटर बाटोको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ […]

बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

पवन मुडभरी/ बौनियां,पुस,१२- पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरीया गाउपालीका २ बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमवाट पुर्वतर्फ जांदै गरेको वानटेस्ट मोटरसाईकलको ठक्करवाट साईकलमा सवार बौनीयांका करिव ७३ वर्षिय गणेष प्रसाद जैशीको मृत्यु भएको हो । विहान साढे ११ बजेतीर धनगढि निवासी २३ वर्षिय आसिक घिमेरेले चलाएको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते […]

बाँकेमा जनप्रतिनिधिले समस्यामा चासो नदिदा किसानहरु रुष्ट

राम सुनाम/ बाँके,पुस,१२- किसानहरुको समस्याको विषयलाई जनप्रतिनिधिले चासो नदिदा बाकेका किसानहरु रुष्ट बनेका छन् । राष्ट्रिय कृषक महासघं बाँके शाखाले आयोजना गरेको नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत एवं कृषिका समस्या, सवाल र विकासका योजनाका बारेमा गरीएको कार्यक्रममा जन प्रतिनिधिहरु सहभागी नभइदिदा किसानहरु रुष्ट बनेका हुन् । किसानहरुको समस्याको विषयमा जनप्रतिनिधिले चासो नदिएको र किसानको कार्यक्रमलाई […]

प्रदेश ५ को राजधानी कोहलपुर उपयुक्त : युवा नेता न्यौपाने

कोहलपुर,पुस,१२-  माअाेवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश नं: ५ को राजधानी कोहलपुर उपयुक्त स्थान भएको बताउनु भएको छ । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेले ५ नम्बर प्रदेशकाे राजधानी कोहलपुर उपयुक्त भएको बताउनु भएको हो । प्रदेश न.६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक […]

कसलाई सरकार बुझाएर जाने : कांग्रेसका नेता साउदको प्रश्न

काठमाडाैं,पुस,११- नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभा गठन नभई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गर्नु भएको छ । ‘निर्वाचनआयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन’ एक कार्यक्रममा उनले भनेका छन्, ‘हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’ उहाँले भन्नुभयो कसलाई सरकार […]

आज नेपाल लगायत विश्वभर ख्रीष्टमस दिवस मनाईंदै

काठमाडौं, पुस,१०- क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा विश्वभर ख्रीष्टमस दिवस मनाइँदैछ । आज नेपालका चर्चमा पनी प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाईेको हो । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको […]

फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,९- खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा […]

दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा

 घोराही,पुस,९- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको […]

सडकपेटीमा राखेका सामान नगरपालिकाको नियन्त्रणमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक […]