भरतपुरको मत गन्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

काठमाण्डाैं, जेठ,१७- नेकपा एमालेले भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । सभामुख ओनसरी घर्तीले आजको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित […]

नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुने

काठमाण्डाैं,जेठ, १७- नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुने भएका छन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले आज संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद […]

दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय

काठमाडौं,जेठ,१७- सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच […]

भरतपुर मतगणनाको अनुसन्धान छानबिन समितिले सक्यो

काठमाडौं, जेठ,१७- गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता […]

राजपालाई निर्वाचनमा जान भारतको आग्रह

काठमाडौं,जेठ, १७- निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ । राजपाका नेताहरुसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् । साथै मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । आजको नेपाल […]

असार ९ गते रमजान पर्छ भन्ने आफूहरुलाई हेक्का नभएको प्रधानमन्त्रीको भनाई

काठमाडौं,जेठ, १६- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो […]

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

काठमाडौं,जेठ,१६–  नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी […]

दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने

काठमाडौ,जेठ,१६- जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन नौ दिनपछि असार ९ गतेका लागि तय गरिएको छ । मन्त्रीपरिषदको सोमवार वसेको वैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरण निर्वाचनमा सहभागी उदेश्यसाथ नयाँ मिति तय गरेको हो । सत्तापक्ष, प्रमुख प्रतिपक्ष र राजपाका शिर्षनेताहरुको सहभागीतामा आइतवार राती वसेको चार दलको वैठकमा भएको अनौपचारीक […]

लियो क्लब अफ नेपालगंजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

मधुपौडेल, बाँके,जेठ,१५- लियो क्लब अफ नेपालगंज, बागेश्वरीले आज सोमबार आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लि.योगेन्द्र भण्डारीको सभापतित्वमा भएको उक्त भेलाले आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमितको चयन समेत गरेको लियो क्लवका कोषाध्यक्ष लि.अस्मिता सुबेदीले  बताउनुभयो  ।   नयाँ कार्यसमितको नामावली निम्नानुसार रहेको छ । १. लि.भावना रोका ( अध्यक्ष) […]

पूर्व अर्थमन्त्री देखि उद्योगी ब्यबसायीले दिए बजेट बारे यस्तो प्रतिक्रिया

काठमाण्डौ,जेठ,१५-  पूर्व अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीले व्यापार घाटा न्यूनिकरण गर्न बजेटमा कुनै व्यवस्था नगरिएको प्रतिक्रिया दिनु भएको छ । पूर्व अर्थमन्त्री अधिकारीले कृषिमा लगानी बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै सरकारले कृषिका लागि छुटयाइएको बजेट अपुग भएको पनि स्पष्ट पार्नु भयो । उहाँले गरिवी हटाउने, कृषिमा उत्पादन बढाएर मात्रै मुलुकको व्यापार […]