भरतपुर महानगरपालिकामा मतगणना सुरु

चितवन, जेठ १ – भरतपुर महानगरपालिकामा ४ :३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा […]

बीउ रोप्न सफल भइयो, फल भित्र्याउने मौसम पछि आउँछ : डा. भट्टराई

काठमाडौँ, जेठ १ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् । हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले लेखेका छन् विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने […]

नवलपरासीमा चारवटा वडामा कांग्रेस प्यानल विजयी

नवलपरासी, जेठ १- नवलपरासी जिल्लामा चारवटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएको चारवटै वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । अहिलेसम्मको घोषित परिणाम अनुसार विनयीत्रिवेण गाउँपालिका को वडा नं. ५ र ७ तथा हुप्सेकोट गाउँपालिकाको १ र बुलिंगटार गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सबै पदाधिकारीले जितेका छन् । अन्यमा मतगणना जारी […]

प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

काठमाडौँ , जेठ,१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको […]

भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी

सुर्खेत,जेठ १- आईतबार भएको पहिलो स्थानीय चुनावको मतगणना अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेद्धवार नवराज कार्कि २ सय ७४ मतले ल्याउदै विजयी हुनुभएको हो ।  कार्कीको प्यानल सहित महिला सदस्य रजना बुढा, दलित महिला सदस्य दुर्गा सार्की र खुला सदस्यहरु नर बहादुर बुढा र […]

नयाँ शक्तिका उम्मेद्वार रसुवाको दुईवटा वडा अध्यक्षमा विजयी

रसुवा, जेठ १ – रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु […]

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ […]

कालिकोटमा झडप,गोली लागेर २ जना घाइते

कालिकोट,बैशाख, ३१- कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटमा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको र गोली लागेर दुई जना सामान्य घाइते भएको जानकारी दिनुभयो । […]

न्यायसम्पादनमा स्वास्थकर्मीको भुमिका उल्लेखनीय हुने

पूर्ण ढकाल, नेपालगन्ज, बैशाख,३१- स्वास्थ-बिज्ञानको सहयोगले गर्दा प्रमाणजन्य तत्वको बिस्वस्नियतामा वृद्धि गरि न्यायपार्न सहजहुने भएकोले आधुनिक न्यायसम्पादनमा स्वास्थकर्मीको रुपमा रहेका डाक्टर तथा नर्सको भुमिका उल्लेखनीय हुने बताईएको छ । नेपालगन्ज स्थित भेरी नर्सिङ कलेजका नर्सिङ बिद्यार्थीहरु सङको आईतवार सम्पन्न नागरिक सम्बाद कार्यक्रमका क्रममा उक्त कुरा अतिथि जिल्ला अदालत बाकेका न्यायाधीश श्रीमान तेजनारायण पौडेलले बताउनु भएको […]

काठमाण्डु,भक्तपुर,ललितपुर र भरतपुरमा मतगणना प्रक्रिया आजै सुरु हुने

काठमाडौ, वैशाख ,३१- मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ । मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत […]