अखिल नेपाल फुटबल संघको निर्वाचन आज हुदै

काठमाडौं,असार,६-अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज  सोमबार निर्वाचन हुदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । फुटबल संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव […]

सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं,असार,४-गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न […]

दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ,असार,४-दाङमा सुस्त मनस्थिति भएकी एक युवतीलाई गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हो। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ […]

बासद्धरा बर्दियाको मधुवनमा जनगुनासो निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिया,असार,४-बास नेपालले नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत “जनगुनासो निवारण विषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम” मधुवन नगरपालिका वडा न.९ मा शुक्रबार सम्पन्न भएको छ। बास नेपालका पुर्ब अध्यक्ष मन भन्डारी ले सहजिकरण तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो।बास मधुवन उपशाखाका पदाधिकारी, स्थानिय जनप्रतिनिधी, समाजसेवी सहित ८०जना भन्दा बढी स्थानिय बासिन्दाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। स्थानियको […]

नेपाल संग ओमान ७ विकेटले पराजीत

काठमाडौं,असार,१-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो । मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।  […]

अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता “यस्तो छ”

काठमाण्डौं,जेठ,३१-अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा नेपालखबरलाई प्राप्त भएको छ। १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट नेपाली […]

७४ जिल्लाका स्थानीय तहमा नि:शुल्क इन्टरनेट सेवा दिने

काठमाडौं,जेठ,३१-काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालनगरि यस्तो सुविधा दिएको हो ।उपत्यका बाहिरका ७४ जिल्लाको स्थानीय तहमा सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले दुई वर्षसम्म नि:शुल्क सेवा […]

१० महिनामा नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरियो

काठमाडौं,जेठ,३०-कोभिड-१९ संक्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको […]

नेपाली सेनासँग सहकार्य अझ मजबुत पार्न चाहन्छौं : अमेरिकी जनरल फ्लिन

काठमाण्डौं,जेठ,२८-नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए फ्लिन शुक्रबार दिनभर उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा ब्यस्त रहे।  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा जनरल फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब २० मिनेट कुराकानी गरे। त्यसक्रममा उनले अमेरिकाले आगामी दिनमा नेपाली सेनालाई सहयोग थप वृद्धि गर्न चाहेको बताएको उक्त भेटमा सहभागी अधिकारीहरुले बताए।  […]

नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं,जेठ,२५-एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा […]