अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले

काठमाडौं,बैशाख,२५-सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव […]

ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं,बैशाख,२५-राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको […]

पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं,बैशाख,२५-राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गर्नु भएको छ।  सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उहाँले यस्तो माग गर्नु भएको थियो ।   उहाँले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो।सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर […]

सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं,बैशाख,२४-सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्छ।   यस्तै नेपाली […]

भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते

एजेन्सी,बैशाख,२४-भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ। गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो।हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ।राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ। दंगामा १ सय […]

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू

काठमाडौं,बैशाख,२४-संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ। संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ।यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको […]

अमेरिकी डिभीको नतिजा सार्वजनिक

काठमाडौं,बैशाख,२४-अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२४ को इडीभी नतिजा शनिबार सार्वजनिक गरिएको हो । www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन […]

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रक्रिया दबाबमा रोकिँदैन, भ्रष्टाचारीलाई कारबाही हुन्छ:प्रधानमन्त्री

काठमाडौं,बैशाख,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने बताउनु भएको छ। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो। दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ। ‘दोषी कोही […]

हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृत्यु, चार जना घाइते

काठमाडौं,बैशाख,२२-संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको छ । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर […]

खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छः ‘गम्भीर छौं’

काठमाडौं,बैशाख,२२-विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्।हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत […]