राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा रेशम सहित ४८२ जनाको कैद माफी

काठमाडौं,जेठ,१४-कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो । चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार साँझ […]

काठमाण्डौबाट १ सय ५४ जना बोकेर उडेको जहाजमा चरा ठोक्किएको आशङ्का

काठमाडौं,जेठ,१३-काठमाडौंबाट बैंग्लोरका लागि उडान लिएको नेपाल वायुसेवा निगमको जहाज डाइभर्ट गरी फिर्ता गराइएको छ। त्रिभुवन विमानस्थलबाट केहीबेर अघि उडेको जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ।निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ। जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ।यद्यपि घटनाबारे […]

आईपीएल : चेन्नई र गुजरातबीच फाइनल भिड्ने

भारत,जेठ,१३-जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल भोलि (आइतवार) हुँदै छ । आईपीएल २०२३ को उपाधिका लागि भोलि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स् आमने-सामने हुनेछन् ।  खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ । जित्ने टोली १६औं संस्करणको आईपीएलको च्याम्पियन टोली बन्नेछ । गुजरातले गएराति मुम्बईलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने चेन्नईले पहिलो क्वालीफायर […]

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

काठमाडौं,जेठ,१३-पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा […]

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्रीको नाम, आजै शपथको तयारी

कैलाली,जेठ,५-नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ। संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिनुभयो।नेता भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको हो। उनीहरुले आज सपथ ग्रहण गर्ने नेता […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं,जेठ,५-सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र […]

नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौँ,जेठ,४-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ।यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।   “नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, […]

नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं,बैशाख,३१-नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो। वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए। अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए। सोही साँझ उनका छोरा […]

स्थिर सरकार नभएकाले छानबिनमा आशंका छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं,बैशाख,३०-नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताउनुभएको छ। शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।उहाँले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त […]

लगातार तीन बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय

काठमाडौं,बैशाख,३०-नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ ।शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो। जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो। सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट […]