नेपाल सुपर लिगको मिति तय

काठमाडौं,असार,२-दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार नयाँ संस्करणको एनएसएलको मिति घोषणा गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले दोस्रो संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने तय गरेको हो। एन्फाले एनएसएल […]

मेयर बालेनको चेतावनी पछी ‘आदिपुरुष’ को संवाद सच्याइयो

काठमाडौं,अषाढ,१-नेपालमा विवादित बन्न पुगेको दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । […]

जापान सरकारले सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्नेलाई १० लाख येन दिने

टोकियो,जापान,जेठ,३०-जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ । ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको छ। सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार […]

नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं,जेठ,२५-आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ। दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ।अभ्यास खेल ५० ओभरको हुनेछ।नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो। नेपाल दक्षिण अफ्रिकाबाटै […]

नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई

काठमाडौं,जेठ,१८-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु भएको हो । उहाँले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने र भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध […]

रेशम चौधरीलाई आममाफी दिने निर्णय विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं,जेठ,१७-टीकापुर घटनामा मूख्य दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले गत आइतबार दिएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएलगत्तै आजका लागि पेशी तोकिएको हो । टीकापुर घटनाका मुख्य योजनाकारका […]

रवि लामिछानेको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं,जेठ,१७-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ । लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो । रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको […]

विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं,जेठ,१७-आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ।“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो । सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो। सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको […]

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं,जेठ,१७-प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा आधा दर्जन मन्त्रीहरु, सचिवहरु, ब्यापारीहरुलगायत पाँच दर्जन बढी रहने बुझिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, भौतिक […]

इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधी चेन्नईलाई

ईण्डीया,जेठ,१६-चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो।योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ । जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै रन बनायो । […]