सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी : मन्त्री शर्मा

काठमाडौं,बैशाख,२२-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभइ सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको बताउँदै मन्त्री शर्माले सूचनाको हक सम्बन्धी ऐनको […]

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६-६ लाख दिने सरकारको निर्णय

काठमाडौँ,बैशाख,२०-सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६-६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षकसहित क्रिकेट खेलाडीलाई जनही ६-६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३-३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ […]

भारतले पाँच क्रिकेट रंगशाला मर्मत गर्न आठ अर्ब खर्चने

काठमाडौं,बैशाख,२०-यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । आयोजक भारतले अहमदाबाद, बेंग्लोर, चेन्नई, नयाँदिल्ली, धर्मशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनउ, इन्डोर, राजकोट र मुम्बईमा अवस्थित विश्वस्तरीय रंगशालामा विश्वकपका खेल आयोजना गर्नेछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पाँच रंगशालाको पुनर्निर्माण गर्ने भएको छ । बिसिसिआईले यसका लागि पाँच अर्ब भारतीय रुपैयाँ (आठ अर्ब नेपाली) […]

युएईलाई ७ विकेटले हराउँदै नेपाल २१ वर्षपछि एसिया कपमा छनोट

काठमाडौं,बैशाख,१९-युएईलाई ७ विकेटले हराउँदै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ।सन् २००२ मा फाइनलमा यूएईसँग ६ विकेटले हारेको नेपाल उपविजेताको रुपमा एसिया कपमा पुगेपनि भारत र पाकिस्तानको आन्तरिक विवादका कारण प्रतियोगिता नै रद्द भएपछि खेल्नबाट बञ्चित भएको थियो। नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ।मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ […]

नेपाल र युएईको खेल भोली यथास्थानबाटै सुरु हुने,खेल हेर्न टिकट नलाग्ने

काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी प्रिमियर कपमा आज सोमबार भएको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ । बाँकी रहेको खेल मंगलबार रिजर्भ डेमा हुनेछ।टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको थियो।भोली मंगलबार यथा स्थानबाटै युएईले ब्याटिङ सुरु गर्नेछ । […]

एसीसी प्रिमियर कप: आज नेपाल र युएईले फाइनल खेल्दै

काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा आज सोमबार नेपालले युएईसंग खेल्दैछ। यदि खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सामेबार हुने फाइनल खेल […]

डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल

काठमाडौं,बैशाख,१७-गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्को ठूलो प्रतियोगिता खेल्दैछ।  नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो।खेलको विजेता एसिया कपमा छनोट हुनेछ।पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी […]

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस […]

नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौं,बैशाख,८-एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र […]

नयाँ वर्ष २०८० साल आजबाट शुरु || Happy New year 2080 || Nepalese New year 2080

नयाँ वर्ष २०८० साल आजबाट शुरु

टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो […]