काठमाडौं,साउन,६-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका छन् […]
मुख्य समाचार
नेकपाभित्रको विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद् : डा. कोइराला
काठमाडौं,साउन,२५-नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ । नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।डा. कोइरालले टीवटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न पनि सुझाव दिनुभएको […]
ला लिगाको अन्तिम खेलमा मेस्सीको दुईवटा नयाँ कीर्तिमान
काठमाण्डौं,साउन,५-स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले डिर्पोटिभो आलाभेसविरुद्ध दुईवटा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । आलाभेसलाई ५-० गोलअन्तरले हराउने क्रममा मेस्सीले दुई गोल गरे । योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक लिगमा सर्वाधिक गोलकर्तालाई दिइने पिचीची अवार्ड हात पार्न सफल भएका छन् । गत सिजन एथ्लेटिक बिल्बाओका टेल्मो जाराले बनाएको ६ वटा पिचीची […]
धेरै नेपाली भएको देशमा उद्दार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय
काठमाडौं,साउन,४-कोभिड १९ (कोरोना) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका […]
थप ५७ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो
काठमाडौं,साउन,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना कोरोना निको भइ ‘डिस्चार्ज’ भएका छन् ।अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६३७ […]
नेकपा सचिवालय बैठक आज
काठमाडौं,साउन,३-सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्न लागेको हो। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने जानकारी दिनुभयो ।आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। नेकपाले जारी स्थायी समिति […]
मौद्रिक नीति सार्वजनिक, बैंकको ऋण र ब्याज तिर्ने समयावधि थप
काठमाडौं,साउन,२-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ संकटबाट प्रभावित अर्थतन्त्रलाई मध्यनजगर गरी यस वर्षको मौद्रिक नीति ल्याइएको बताउनुभयो।यसले अर्थतन्त्र पुनरुत्थानमा योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता […]
थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो
काठमाडौं,साउन,२-नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।आज […]
कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
कास्की,साउन,२-कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता […]
नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित
काठमाडौं,साउन,२-नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेकपा बैठक बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि स्थगित गरिएको थियो । यस अघि पनि […]

