काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]
मुख्य समाचार
बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश
जापान,श्रावण,३०- बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो । बिहानी अनलाईन […]
गुल्मी सेवा समाज युएईले तिज विशेष समुन्द्री भोज (दर खाने) कार्यक्रम गर्ने
युएई,साउन,२५- गुल्मी सेवा समाज युएईले विगतको वर्षहरुमा झै यस वर्ष पनी तिज विशेष समुन्द्री भोज ( दर खाने ) कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भाद्र ६ गते शुक्रबार अर्थात अगष्ट २३ तारिखका दिन हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर समुन्द्री भोज दर खाने कार्यक्रम रामु श्रेष्ठको संयोजनमा गर्न […]
त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार
काठमाडौं,साउन,२४- सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। […]
टोकियो र नागोयामा स्याङजा समाज जापानले तीज धमाका कार्यक्रम गर्ने
नागोया,जापान,साउन,२३- नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित […]
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन
काठमाडौं,साउन,२२- भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन। […]
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण
काठमाडौं,साउन,२१- रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी […]
पत्रकार शालिकराम पुडासैनी मृत भेटिए
काठमाण्डौं,साउन,२१- माउन्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएकाे अवस्थामा पुडासैनी भेटिएका हुन्। उनी सोमबार दिउँसो ३:३० बजे सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। […]
नेपालगन्ज मेडिकल कलेजका चिकित्सहरु डा. किदुवाई र रेग्मी सम्मानित
नेपालगन्ज,साउन,१३- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालन्जमा कार्यरत सर्जन डा- रोमन किदुवाई र एनेस्थेटिस्ट डा- नविन रेग्मी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बाँकेद्वारा आईतबार एक कार्यक्रममा सम्मानित हुनु भएको छ । उक्त प्रहरी अस्पतालमा मेडिकल उपकरण हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका कर्तव्य पालनको सिलसिलामा घाइते एवम् अस्वस्थ भइ नेपालगन्ज मेडिकल कलेजमा पठाईएका प्रहरी […]
गणित सिकाई सुधार्ने महिला शिक्षक समाजको यो काईदा
काठमाडौं,साउन,१३- गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ […]


