नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन

काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो ।     पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे । जितसँगै पन्जाबले २१ खेल ४९ अंक […]

“ए”डिभिजन लिग:एपिएफ र चर्च ब्वाईजको जित,मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पको बराबरी

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईजको जित निकालेको छ भने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लवले बराबरी खेलेका छन् ।  लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । लामाले ७२औं र […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भोली आईवार विश्वासको मत लिने

कैलाली,फाल्गुन,२०-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाउनुभएको हो । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी […]

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् । शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र थ्रीस्टार क्लब भिड्नेछन् । यसैगरी, साँझ साढे ५ बजे मनाङ्ग मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा […]

ए डिभिजन लिगमा एफसी खुमलटारको विजयी शुरुवात

काठमाडौं,फाल्गुन,१९-नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए । खेलको १८ औं मिनेटमा श्यामबाबु […]

पपुवा न्युगिनीलाई तीन विकेटले हराउँदै नेपाल विजयी

काठमाडौं,फाल्गुन,१९-नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको छ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेट गुमाएर जित हासिल गरेको हो। नेपालका लागि आशिफ शेखलले ८६ रन प्रहार गरे। उनले १३० बलमा दुई चौका र एक छक्का प्रहार गरे।त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले ३५ र […]

‘किसानकै माग अनुसारका योजनामा काम गरिरहेका छौं’

कञ्चनपुर,झलारी,फाल्गुन,१९-कार्तिक मसान्तभित्र कृषक समुह दर्ता गरायौं। त्यसपछि गहुँको विउ वितरण गर्यौं। हिउँदे तरकारीको विउ वितरण गरेका थियौं। संघिय सरकार अन्तर्गत गहुँ उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेका छौं। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ। ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरेका छौं। संघिय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं. ६ मा काम भइरहेको छ। २ […]

नेपाल यू–१९ विश्वकपका लागि छनोट

काठमाडौं,फाल्गुन,१९-निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६ यता पहिलो पल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गयो । नेपालका दीपेश कँडेलले […]

‘ए’ डिभिजन लिग आजबाट,पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं,फाल्गुन,१९-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ । यसपाली ‘ए’ डिभिजन लिग तीन मैदान दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ। खेल शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ […]

आजको राशिफल ।। फाल्गुन १९ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,१९-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १९ गते शुक्रवार, (मार्च ३ तारिख ) फाल्गुन शुक्ल एकादशी तिथि।आज आमलकी एकादशी/विश्व वन्यजन्तु दिवस पनि रहेको छ। आज फाल्गुन १९ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र […]