इन्द्र कार्की / महेन्द्रनगर,१४ कार्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्ने उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले स्थायी समितिको सोमवार वसेको वैठकले कञ्चनपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारहरुको टुंगो लगाएको हो । बाम गठबन्धन बीचको तालमेल अन्र्तगत एमालेले कञ्चनपुरमा २ जना प्रतिनिधि […]
मुख्य समाचार
कांग्रेसले अघि सारेको घोषणा पत्रको २० वटा बुँदाको लक्ष्य
काठमाण्डौ,कार्त्तीक,१४- नेपाली कांग्रेसको घोषणा पत्रमा समावेश गरिएका २० वटा बुँदा यहाँ प्रस्तुत गरिएको छ । अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने ? नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० वटा बुँदाहरु प्रस्तुत गरेको छ । काठमाडौं–मधेस एक्सप्रेस वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना कांग्रेसले अघि सारेको […]
नेपाल आयल निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई
काठमाण्डौं,कार्त्तीक,१४- आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ। आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई […]
कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं, कार्तिक ,१४- नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज आफ्नो ८४ पृष्ठको निर्वाचन घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो । संसद्बाट निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमार्फत कांग्रेसले प्रत्यक्ष कार्यकारी प्रमुखले मुलुकमा अस्थिरता र निरंकुशता ल्याउने भन्दै वाम गठबन्धनले […]
उम्मेदवार टुंगो लगाउन एमाले स्थायी कमिटिको बैठक बस्दै
काठमाडौं,कार्तिक,१४- नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाउने भएको हो । यसअघि हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो […]
कैलालीको बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
पवन मुडभरी / बौनिया,कार्तिक,१३- कैलालीको बर्दगोरीया गाउपालिकामा हुने जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को सम्पुर्ण तयारी पुरा भएकोे छ । यही कार्तिक १५ गते देखी ३० गतेसम्म जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजना मुडा खेलमैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा कैलाली जिल्लाका निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहने छ । राष्ट्रका लागी […]
उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ८ को मृत्यु, ३ घाइते
उदयपुर,कात्तिक,१३- उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र ३ […]
अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते
गुल्मी, कात्तिक १३- बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस आज गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना […]
तुलसीपुर उपमहानगरपालिका १९को बैठक सम्पन्न
दाङ,कात्तिक,१३- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले […]
स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ
महेन्द्रनगर,१३ कार्तिक विभिन्न किसिमका अर्बूद क्यान्सर रोगमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर […]










