काठमाण्डौं,असोज २- आयल निगमका प्रमुख कार्यकारी गोपाल खड्का बर्खास्त हुनु भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री […]
मुख्य समाचार
प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता
काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]
महाकाली अञ्चल अस्पतालको दुर्दशा
महेन्द्रनगर, १ असोज महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आउने बिरामी र कुरुवाका लागि पंखा नभएको बेला स्वभाविक प्रश्न उठ्छ– अस्पतालका डाक्टर र कर्मचारी पंखा बिना कसरी बस्छन् ? तर, अस्पताल भित्रको वास्तविकता अर्कै फेला परेको छ । बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन् । अस्पतालमा आउने […]
प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा
काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]
सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?
इन्द्र कार्की / महेन्द्रनगर, ३१ भाद्र सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]
गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं, ३१ भदौ इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई […]
सीमा नाका बन्द
रौतहट ,३१ भदौ स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]
तडकभडक गर्नेको उम्मेद्वारी रद्द हुने प्रमुख निर्वाचन आयुक्तको चेतावनी
काठमाडौं,२९ भदौ २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।‘चुनावमा उम्मेद्धवारहरुले […]
कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं
जनकपुरधाम,२९ भदौ कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]
दसैंको अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं, भदौ २७- सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ । हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो । काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, […]










