न्यूयोर्क, असोज ६- संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता गर्नुभयो । सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण […]
मुख्य समाचार
प्रदेश नम्बर २ को मत परिणाम धमाधम आउँदै
काठमाडौं, असोज ६- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस १६, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टी ७, संघीय समाजवादी फोरम ६ र नेकपा एमाले ५ स्थानीय तहमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल […]
आजदेखि बडा दशैं सुरु, घरघरमा जमरा राखिंदै
काठमाडौं, असोज ५- यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ ।आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष […]
श्रेष्ठको दशै गित “आउ है प्यारा” मा थापा र कार्की
सिर्जना बर्देवा ओखलढुङगा,असोज,४- दशै नजिकिदै गर्दा दशैका गितहरु निकै बजारमा आइरहेका छन् । दशै कोशेली स्वरुप गायक एवं सर्जक रमेश श्रेष्ठले एसपाली दशै गित आउ है प्यारा गित बजारमा ल्याएका छ्न् । प्राय लय शब्द सिर्जना गर्ने उनले पहिलो पटक गित गाएका हुन् । आउ है प्यारामा उनले आफ्नै लय अनि शब्द समेटेका छन् । […]
प्रदेश नम्बर २ को निर्बाचनको मत गणना जारी
काठमाडौं, असोज ४- सोमबार भएको प्रदेश नम्बर २ मा को स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक […]
राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान
काठमाडाैं,असाेज ,३- संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गर्नु भएको छ । देउवालाई उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत मन्त्रीहरुले विमानस्थल पुगी विदाइ गर्नु भयो । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिका रहँदा उहाँले विभिन्न देशका राष्ट्र […]
दाङका दर्शकलाई “औंठेछाप” फिल्म देखाइयो ,दर्शकबाट पायो मिश्रित प्रतिक्रिया
शिव पुन तुलसीपुर,असोज,३- चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् । फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका […]
संविधान जारी भएको दुई वर्ष पूरा
काठमाडौं,असोज,३- नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानले व्यवस्था गरेअनुरूप नै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । […]
निर्बाचन भएका आठ जिल्लामा मतगणना सुरु
काठमाडौं, असोज ३- प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना […]
प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो
काठमाडौं, ३ असोज प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा झण्डै ७३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेका थिए । […]










