रोशन घर्ति दाङ,असोज,१०- नेपालीलोक गित तिमी हिडने बाटो भरी काडाँ रोप्दीन यो कस कसले सुन्नु भएको छ । अनि यो गित गाउने गायिका नाम त कण्ठ छ होला नि होईन र । सञ्चारकर्मी तथा गायिका सिर्जना वर्देवा ।करीब ३ वर्ष देखि सञ्चार क्षेत्र जोडनु भएको उहाले थुप्रै िगतहरू बजारमा सार्वजनिक गरीसक्नुभएको छ । उहाँको आवाजमा […]
मुख्य समाचार
प्रधानमन्त्री देउवा ओमनमा, विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान
काठमाडौं, असोज १०- प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको हो । प्रधानमन्त्री देउवाको ओमनको तीन दिने कार्यक्रमलाई त्यहाँको […]
व्यवस्थापिका ससद बैठक आज
काठमाडौं,असोज,९- व्यवस्थापिका ससद बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । आजको बैठकमा अर्थ समितिाका सभापति प्रकाश ज्वालाले अन्तर-सरकारी वित्त विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४,राष्ट्रिय प्राकृति […]
६ स्थानको नतिजा आउन बाँकी हुँदा काँग्रेस अगाडी
काठमाडौं,असोज,९- गत सोमबार निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये अब ६ स्थानको मात्रै नतिजा आउन बाँकी छ । मतगणना भैरहेका सातवटा स्थानीय तहमध्ये नेपाली काग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरमले समान २-२ तहमा अग्रता लिएका छन् । तेस्रो चरणमा चुनाव भएको एउटा मात्र महानगरपालिका वीरगंजमा फोरम नेपालका विजय […]
बडा दशैंको आज पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा गरिदैं
काठमाडौं, असोज ९- बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल […]
मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य
लहान, असोज ९- मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । […]
१०४ स्थानको मतपरिणाम सार्वजनिक
काठमाडौं, असोज ७- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति […]
बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं
काठमाडौं, असोज ७- बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ । घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको […]
प्रधानमन्त्री देउवा न्यूयोर्कमा भेटवार्तामा व्यस्त
न्यूयोर्क, असोज ६- संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता गर्नुभयो । सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण […]
प्रदेश नम्बर २ को मत परिणाम धमाधम आउँदै
काठमाडौं, असोज ६- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस १६, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टी ७, संघीय समाजवादी फोरम ६ र नेकपा एमाले ५ स्थानीय तहमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल […]










