धर्म जोशी/ काठमाडौ ,भदौ,१९- देशभर युवालाई सामाजिकरुपमा सिर्जनशिल बनाउने उदेश्यले देशभर गठन हुदै आइआइरहेको युवाहरूको समुह सामर्थ्य नेपालले अब आफ्नो गठनलाई काठमाडौ केन्द्रमा राखेको छ । पश्चिममा व्यापक सामाजिक क्रियाकलाप गराउदै आइरहेको यो संस्था बिशुद्वरुपमा गैर राजनीति भएको सामर्थ्य नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ । त्यस्तै काठमाडौको यात्रामा हुदा अब पश्चिमका हरेक […]
मुख्य समाचार
सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल
मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]
दाङमा जुवा खेल्ने गिरोह माथी कार्वाही तिब्र
दाङ,भदौ,१८- दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब आउदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिकजसो पक्राउ गर्दै आएको छ । यसैक्रममा ववई गाउपालीका वडा नम्बर ६ चिसा पानी गाउँबाट २ लाख ७८ हजार ९ सय १५ रुपैया नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ […]
गौराले पार्लर कारोवारमा वृद्धि
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१८ सौन्दर्यका रुपमा पुरुष भन्दा महिलाहरु निकै अगाडी रहेका हुन्छन् । समान्य अवस्थामा पनि सरसफाई तथा सौन्दर्यका मामिलामा महिला सचेत रहन्छन । विशेष अवसरमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । सुदूर पश्चिममा हालै सम्पन्न गौरा पर्वको समयमा व्युटि पार्लरहरुमा देखिएको चहल पहल वाट समेत सौन्दय प्रति शहरी तथा ग्रामिण महिला मोह प्रस्ट देख्न […]
सुस्तायो नेपाल–चीन जोड्ने सडक
काठमाडौं,भदौ,१८- सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक […]
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध
चितवन, भदौ १८- अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार साँझदेखि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट […]
दशैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै
काठमाडौं,भदौं,१८- दशैंलाई लक्षित गरेर ल्याइएका समान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा समान बोर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसयी मारमा परेका छन् । सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसयीले जानकारी दिएका छन् । […]
ॐ जन-जागरणको साधारण भेला सम्पन्न अध्यक्षमा पदम कुँवर
केपि खनाल/ चितवन,भदौ,१८- धार्मिक रक्षाका लागिरहेको धार्मिक संस्था ॐ जनजागरण नेपालको चितवनमा साधारण सभा सम्पन्न भएको छ । भेलामा देशभरीका विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको थियो यसै बिच आगामी ३ वर्षे कार्यकालको लागि एक कर्मट हिन्दु योद्धा पदम कुवरलाई ॐ जन-जागरणको अध्यक्षमा २५ सदस्यीय समिति सहित चयन गरिएको छ । जसको वरिष्ठट उपाध्यमा पं.मदन […]
ओखलढुंगामा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु ,१० जना घाईते
सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,१७- ओखलढुंगामा गएराति मिनि ट्रक दुर्घटना हुदाँ एक ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । ज्यान जानेमा काभ्रे बञ्सु स्थाई घर भएका अन्दाजी १९ बर्षिय नवराज भनिने सने दमाई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । घर निमार्णका लागी गिटी लिएर नवलपुर घाटबाट पलापु तर्फ आउदै गरेको […]
निर्वाचन आयोगको चेतावनी: आचारसंहिता उल्लंघन गर्नेलाई ‘ठाउँका ठाउँ कारबाही
काठमाडौं, भदौ,१७- आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचार–प्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने […]









