रोशन घर्ति दाङ,भदौ,२०- रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पु¥याएको छ । जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको बिउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताउनुभयो । विगतका वर्षहरुको […]
मुख्य समाचार
सबै निर्वाचन भए देशमा राजनीतिक स्थिरता आउँछः सभामुख घर्ती
काठमाण्डौ,भदौ,२०- सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन शुरु भएको बताउनुभयो । उहाँले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला […]
प्रदेश २ मा हुने चुनावको उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा
काठमाडौं, भदौ,२०- निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि भोली(बुधबार) हुने उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर–२ का १ […]
मेलम्चीको पानी आगामी पुससम्म काठमाडौंमा आईपुग्ने : मन्त्री यादव
काठमाडौं, भदौ,२०- खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुससम्म मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौंमा ल्याइने बताउनु भएको छ ।काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गर्नुभयो । यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले […]
पञ्चेश्वरका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदै
काठमाडौं,भदौं,२०- बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदैछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूहको दोस्रो बैठक आज नयाँ दिल्लीमा बस्दैछ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिले गठन गरेको विज्ञहरूको दोस्रो बैठक आज र भोलि बस्नेछ । विज्ञहरूको पहिलो बैठक भदौ पहिलो हप्ता काठमाडौंमा […]
उम्मेदवारको टुङगो लगाउन प्रमुख दलहरु आन्तरिक गृहकार्यमा
काठमाडौं,भदौं,२०- प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आउन एकदिन मात्रै बाँकी रहदा दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा लगायतका दलहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । प्रदेश नम्बर २ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गएपनि […]
८८ किलो सुनसहित गाडी चालक पक्राउ
काठमाडौं,भदौं ,१९- केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८८ किलो सुन बरामद गरिएको छ । महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको अतिरिक्त महानिरिक्षक प्रमुख चन्दले जानकारी दिनुभयो । टाटाको स्ट्रोङ नामक गाडीमा सुना भेटिएको हो […]
प्रतिनिधि र प्रदेशसभासम्बन्धी विधेयक संसदबाट पारित
काठमाडौं, भदौ १९- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक व्यवस्थापिका–संसदबाट बहुमतले पारित भएको छ । संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि आज विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस गरेको थियो ।विधेयकअनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग […]
अबको सामर्थ्य नेपालको यात्रा काठमाडौं
धर्म जोशी/ काठमाडौ ,भदौ,१९- देशभर युवालाई सामाजिकरुपमा सिर्जनशिल बनाउने उदेश्यले देशभर गठन हुदै आइआइरहेको युवाहरूको समुह सामर्थ्य नेपालले अब आफ्नो गठनलाई काठमाडौ केन्द्रमा राखेको छ । पश्चिममा व्यापक सामाजिक क्रियाकलाप गराउदै आइरहेको यो संस्था बिशुद्वरुपमा गैर राजनीति भएको सामर्थ्य नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ । त्यस्तै काठमाडौको यात्रामा हुदा अब पश्चिमका हरेक […]
सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल
मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]









