कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

काठमाडौं, जेठ,५- ३ प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मत गणना सम्पन्न भएका २३६ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ९५ स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ९१ स्थानमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्र ४४ स्थानमा विजयी हुँदा राप्रपा तथा नयाँशक्तिले […]

निर्वाचनको काममा अटेर गर्ने सात जना उपसचिवलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौँ,जेठ, ५- निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने सात जना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले कारबाहीको यस्तो निर्देशन दिएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार तोकेको जिम्मेवारी पूरा गर्न अटेर गरेको र आयोगले दिएको नियुक्तिपत्रसमेत नलिई […]

टीकापुर घटनाका सबै मुद्दा फिर्ता

काठमाडौं ,जेठ  ५- सरकारले थरुहट मधेस आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने निर्णय गरेको छ । यसअघि सर्वोच्च अदालतले राजनीतिक आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने सरकारी निर्णय बदर गरेको नजिर भए पनि सरकारले फेरि मुद्दा फिर्ता लिने निर्णय गरेको हो । कैलाली घटना र मधेस आन्दोलनका केही घटना निकै संवेदनशील र गम्भीर मानिँदै आएको […]

डीआइजी सिलवालको मुद्दाको सुनुवाइ फेरि सर्‍यो

काठमाडौं,जेठ,४- सर्वोच्च अदालतको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ। सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ र प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध […]

जागिर राजीनामा गरेर चुनाव लड्नेहरु धमाधम विजयी

गोरखा,जेठ,४- जागिर छोडेर जिल्लाका विभिन्न स्थानीय तहमा चुनाव लडेकाहरुले जित हासिल गरेका छन्। कृषि विकास बैंकको जागिर छाडेर गण्डकी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका होमबहादुर राना निर्वाचित भएका छन्। त्यस्तै जागिर छोडेर उम्मेदवार बनेका अन्य चार जना पनि वडा अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयराज गुरुङ निर्वाचित भए। उनले नेकपा माओवादी […]

चौतारा–साँगाचोक गढीमा माओवादी केन्द्र

सिन्धुपाल्चोक,जेठ,४- सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ विजयी भएका छन्। तामाङले सात हजार ७२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत पाए। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी जानुका पराजुली सात हजार ७२२ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ […]

नवलपरासीको मध्यबिन्दुमा काँग्रेस विजयी

नवलपरासी, जेठ, ४- नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ । जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ । नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार […]

चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट

 काठमाण्डु, जेठ,४- काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो […]

जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु

रमित बि.क., बाजुरा ,जेष्ठ, ३- ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का […]

गरिबलाई झन गरिब बनाउँदै सरकार

नेपालगञ्ज ३, जेष्ठ न्यायचोति कर प्रणालीको प्रभावबाट बिपन्न परिवारको बिकासमा ठुलो मद्दत पुग्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । जनताले कर तिरेपनि राज्यबाट पाउनुपर्ने सेवा सबिधा सबैले सहज रुपमा पाउन नसकेको भन्दै बिपन्न परिवारको हितमा कर प्रणाली नभएकाले न्यायचोति कर प्रणाली आवश्यक रहेको बुधबारबाट नेपालगञ्जमा शुरु भएको कर शक्ति सम्बन्धिको एक तालिमका सहभागिहरुले बताएका हुन […]