माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने

काठमाडौं,फागुन,१६-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार विशेष सम्बोधन गर्नुहुने भएको छ । आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले  बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

नेपालको संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

काठमाण्डौं,फागुन,१६-प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ।अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै […]

सरकारले १२ वटा व्याख्यात्मक सहित अनुमोदन गरेको एमसीसीका प्रस्तावहरु यस्ता छन्

काठमाडौं,फाल्गुन,१६-सरकारले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन गराएको छ । आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो । त्यसपछि एमसीसी आईतबार संसदबाट पारित गरिएको थियो । सरकारले ल्याएका १२ […]

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

काठपमाडौं,फाल्गुन,१५-प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो।सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गर्नु भएको थियो । बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी […]

नेताहरुले जनतालाई उल्लु बनाउने मात्रै हो: कानुनविद् भीमार्जुन आचार्य

काठमाडौं,फाल्गुन,१५-अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने गरिने व्याख्यात्मक विश्लेषणको कुनै कानुनी र संवैधानिक हैसियत नहुने कानुनविद्हरुले प्रतिक्रिया दिएका छन्।  सत्तारुढ गठबन्धनले व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्ने निर्णय गरेपछि कानुनविद्हरुले त्यसको कुनै कानुनी हैसियत नभएको प्रक्रिया दिएका हुन्।   संविधानविद् डा. भीमार्जुन आचार्यले व्याख्यात्मक विश्लेषणलाई संसदले पारित गरे केही मूल्य भए पनि अन्यथा कुनै अर्थ नरहने […]

अभिनेता पल शाह तनहुँ प्रहरी कहाँ आफैं उपस्थीत भए

काठमाडौं,फागुन,१५-अभिनेता पल शाह तनहुँ प्रहरी कहाँ आफैं उपस्थीत भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला […]

एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय,

काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि […]

प्रतिनिधिसभाको बैठक आज बस्दै,एमसीसीको समयसीमा भोली सकिदै

काठमाण्डौं,फागुन,१५-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्न लागेको हो । बैठक आइतवार दिउँसो १ बजे बस्ने समय तालीका रहेको छ । कानुन मन्त्री दिलेन्द्र बडुले गएको बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आजको प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची हिजो शनिबार […]

३५ सय रुसी सेनाको मृत्यु भएको युक्रेनी दाबी, सडकमै भिडियो बनाउँदै राष्ट्रपति जेलेन्स्की

एजेन्सी,फाल्गुन,१४-युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क […]

प्रतिनिधिसभा बैठकको भोलीका लागी सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं,फागुन,१४-आइतबार (भोलि)को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ । गत आइतबार बसेको […]