काठमाडौं,फागुन,१४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान पक्का गरेको छ । अन्तिम लिग खेलमा मनाङसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं […]
समाचार
१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाण्डौं,फाल्गुन,१४-देशभर थप १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ सय ५५५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । सोही […]
टी-ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार
काठमाडौं,फाल्गुन,१४-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो । नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ […]
सरकारको आग्रहमा संसद बैठक फेरि दुई दिनका लागी स्थगित
काठमाडौं,फागुन,१३-सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो। गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो। […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाण्डौं,फागुन,१३-प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्दैछ।दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे […]
युक्रेनमा रहेका नेपालीको उद्धार कठिन,१२६ जना दूतावासको सम्पर्कमा
काठमाडौं,फाल्गुन,१३-रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ जारी संकटले नयाँ मोड लिएको छ। पूर्वी युरोपमा पर्ने युक्रेनमा रुसको आक्रमणपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ। युक्रेनसमेत हेर्ने जिम्मा पाएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार […]
ब्रेकिंग न्यूज : प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं,फागुन,१२-प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिनको समय मागेपछि आज बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ।बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार […]
लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै
काठमाडौं,फागुन,१२-लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ ।बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । उनको परिवारमा पत्नी […]
‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् । १३ अंक […]
विश्वकप छनोट : तेश्रो स्थानको लागि आज नेपाल र ओमान खेल्दै
काठमाण्डौं,फागुन,१२-ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज बिहिबार ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ। नेपाल र ओमान बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट […]




