म्यानचेस्टर युनाईटेड संग आर्सनल ३-२ गोल अन्तरले पराजित

काठमाडौं,मंसिर,१७-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले घरेलु मैदानमा आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा एक गोलको सुरुआती अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । जसमा युनाईटेडका क्रिस्टियानो रोनाल्डो नायक बने । खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका […]

राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया शुरु हुदै

काठमाडौं,मंसिर,१६-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । तर मतदाता नामावली प्रकाशनमा गरिएको ढिलाईले समग्र निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ । हिजो साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता […]

राप्रपाको महाधिवेशन आजबाट : अध्यक्ष पदका लागी कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

काठमाडौं,मंसिर,१५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । […]

७० वर्षे केपी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित

काठमाडौं,मंसिर,१४-नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २३ मत पाउनुभएको छ ।मतगणना जारी रहेकाले दुवैको केही मत बढ्न सक्ने निर्वाचन समितिका एक सदस्यले […]

हुम्लामा हेलिकप्टरबाट ७८ क्विन्टल खाद्यान्न ढुवानी

हुम्ला,मंसिर,१४-हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ।नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी […]

एमाले महाधिवेशन: दुई दिन लम्बिदा नौ करोड रुपैयाँ खर्च

काठमाडौं,मंसिर,१४-चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको हो । उहाँकाअनुसार सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च भएको हो । दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै […]

मेस्सीलाई सातौं पटक बालोन डी ओर

काठमाडौं,मंसिर,१४-फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड […]

अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा निर्वाचन हुँदै

काठमाडौं,मंसिर,१३-चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ । अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले निर्वाचनमा होमिन लागेको […]

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं,मंसिर,१२-नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ । यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ । वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे यसअघि […]

गोपाल जंग थापा र पूर्णकला विसीको स्वरमा “पहाडको ठन्डो पानी” सार्वजनीक (भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१२-विगत लामो समय देखि गित संगितमा लागि परि रहनु भएका चर्चित गायक तथा सञ्चारकर्मी गोपाल जंग थापा र गायिका पूर्णकला विसीको स्वरमा सजिएको नयाँ प्रस्तुती “पहाडको ठन्डो पानी” बोलको देउडा गित सार्वजनिक भएको छ । चित्रकला बुढा थापाको लय र प्रकाश थापाको शब्दमा रहेको “पहाडको ठन्डो पानी” गितलाई विजय थापाले संगित गर्नु भएको छ।गोपाल जंग थापाको आफ्नै […]