काठमाण्डौ,कार्तिक,२५-आज (बिहीबार)देखी बाह्रौँ राष्ट्रिय जनगणना हुदै छ। प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागी सबै तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । बुधवार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणनाको अवधि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म १५ दिनको हुने उहाँले बताउनुभयो । जनगणना सञ्चालन […]
समाचार
राष्ट्रिय सहमति र संशोधन नगरी एमसीसी पास हुँदैन : माओवादी केन्द्र
काठमाण्डौं,कार्तिक,२३-सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति नजुटेसम्म अमेरिकी परियोजना एमसीसी पास गर्न नहुने अडान लिएको छ। पेरिस डाँडामा मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता कृष्णबहादुर महराले दिनुभयो । एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पत्र पठाएको कुरा आएका बेला माओवादीले यस्तो निर्णय गरेको हो । […]
छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारी
काठमाडौं,कार्तिक,२३-छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन्।पर्वको पहिलो दिन ‘अरबा–अरबाइन’ र हिजो दोस्रो दिन ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालुहरु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई त्यही खिर खाने चलन छ । ‘खरना’ का […]
सल्यान कपुरकोट बस दुर्घटना:मृतकको संख्या १२ जना पुग्यौ
आइतबार दुर्घटना भएको बस : तस्वीर : lekalionline.com काठमाडौं,कार्तीक,२१-सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १० जना महिला र दुई जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु […]
सल्यानबाट दाङको तुलसीपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना, ८ जनाको मृत्यु
सल्यान,कार्तिक,२१-सल्यनमा बस दुर्घटना हुदा ८ जनाको निधन भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको हो । सल्यान खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट २ सय मिटर तल खसेको […]
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं,कार्तिक,२१-तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु […]
म्यानचेस्टर डर्बी : युनाइटेडविरुद्ध सिटी सजिलै विजयी
काठमाण्डौं,कार्तिक,२०-इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ। ओल्डट्राफोर्डमा भएको खेलमा खेलमा सिटीले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा एक गोल युनाइटेडका एरिक ब्यालीले आत्मघाती उपहार दिए। सिटीका खेलाडीले सातौँ मिनेटमा प्रहार गरेको क्रस बल जोगाउने क्रममा ब्यालीले आफ्नै पोस्टतर्फ हानेका थिए। त्यसपछि खेलको ४६ औँ मिनेटमा […]
तिहारको आज मुख्य दिन भाईटीका लगाईदिदै
काठमाडौ,कात्तिक,२०-नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ-आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् । भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष […]
तिहारको चौंथो दिन आज गोरु तिहार मनाईदै
काठमाण्डौं,कार्तिक,१९-तिहारको चौथो दिन आज शुक्रबार गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ।आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गोरु तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।आज गाई, गोरु […]
तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो
जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । […]








