विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा

काठमाडौं,साउन,२२-अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी भएको र तिनको अध्ययन समीक्षा गरेर आवश्यक […]

देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै

काठमाडौं,साउन,२२-आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य […]

१८ वर्षपछि मेस्सीले छाडे बार्सिलोना

काठमाण्डौं,साउन,२२-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्।  क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ।  ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता […]

भेरोसेल खोपको दोस्रो मात्रा शुक्रवारदेखि लगाइदैं

कठमाडौं,साउन,२०-सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवार (साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवारदेखि लगाउने निर्णय गरेको हो ।  गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका […]

एकैदिन थपिए ४ हजार १०७ संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं,साउन,२०-पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ । कुल १६ हजार २९८ जनाको परीक्षण […]

विद्युत प्राधिकरणको निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

काठमाडौं,साउन,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ठाडो निर्देशन दिनु भएको छ ।  प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै […]

भारतीय सुरक्षा बलले तुइनको डोरी निकालिदिँदा जयसिंह धामी वेपत्ता

काठमाडौं,साउन,१६-भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र […]

गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी

जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।

आज साउन १५,आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै

काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो । […]