सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक

काठमाडौं,वैशाख,२६-सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ । प्रधानमन्त्री एवं परिषद अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित हुनुभएन । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विवादित संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित […]

महन्थ र महतो पुगे बूढानीलकण्ठ, देउवासँग डेढ घण्टा छलफल

काठमाडौं,बैशाख,२६-प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँगको भेटवार्ताहरु तीव्र पार्नु भएको छ । यसै क्रममा उहाँले आज आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष […]

एमाले फुटतर्फ, नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर

काठमाडौं,बैशाख,२६-नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । […]

नेपाल सुपर लिग : आज दुई खेलहरु हुने

काठमाडौं,बैशाख,२५-पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ । आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र […]

बाँके, दाङ र रुपन्देहीमा गरी थप ६ संक्रमितको मृत्यु

काठमाडौं,बैशाख,२५-बाँके र दाङ जिल्लामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरूष र दुई महिला छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ का ६७ वर्षीय पुरूषको हिजो मृत्यु भएको हो । त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा […]

कोरोना कहर : बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्यु

नेपालगञ्ज,बैशाख,२५-कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको निधन भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका -३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु […]

कर्णाली प्रदेश सरकारले गर्यो ११२ जना स्वास्थ्यकर्मी भर्ना

सुर्खेत,बैशाख,२५-कर्णाली प्रदेश सरकारले ११२ जना स्वास्थ्यकर्मी भर्ना गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो। निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन्। करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा […]

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज वैशाख २७ गते चीन जाने

काठमाडौं,बैशाख,२५-चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ ।  चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले पेचिङ उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान […]

देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग केहीबेरमा छलफल गर्दै

काठमाडौं,बैशाख,२५-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । बैठक अहिले केही बेरमा देउवा निवास बुढानिलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा सभापति देउवाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेता माधव कुमार नेपाल तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलको विषयमा […]

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : बलमिच्याइँ तत्काल बन्द गर्नुस्

काठमाडौं,बैशाख,२५-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संवैधानिक आयोगमा जथाभावी नियुक्ति तत्काल बन्द गर्ने चेतावी दिनुभएको छ। अध्यादेशमार्फत मुलुक नचलाउन चेतावनी दिँदै उहाँले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो । ‘कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको […]