निजी क्षेत्रलाई ५ गुणा बढी मूल्यमा कोरोना खोप खरिदको अनुमति

काठमाडौं,बैशाख,२४-कोरोना भाइरस विरुद्धको खोप खरिदमा विचौलिया प्रवेश गरेको खबर सार्वजनिक भईरहेको बेला सरकारले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले निकै चर्को मूल्यमा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको हो ।निजी क्षेत्रले खरिद गर्ने खोपको मूल्य प्रति डोज १५ डलर भन्दा बढी पर्ने देखिएको छ । नेपाली जनतालाई कोरोनाको खोप निशुल्क […]

२२ वर्षीय नातिको बन्चरो प्रहारबाट वृद्ध हजुरआमाको मृत्यु

मकवानपुर,बैशाख,२४-हेटौंडा उपमहानगरभित्र आफ्नै नातिले प्रहार गरेको बन्चरोले लागेर हजुरआमाको ज्यान गएको छ। २२ वर्षका आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायालाई आज दिउँसो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन्। घरको आँगनमा बसिरहेको बेला नातिले प्रहार गरेको बन्चरोले टाउकोमा लागेर कान्छीमाया गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उनको साँझ ६ बजेतिर मृत्यु […]

सबै जिल्लामा पुग्यो कोरोना,४३ जिल्ला बढी जोखिममा,कहाँ कति?

काठमाडौं,बैशाख,२४-दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्। २२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश नं २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ। बागमती […]

देउवा-प्रचण्डबीच भेट, दुई विषयमा छलफल केन्द्रित

काठमाडौं,बैशाख,२४-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार साँझ ६ बजे देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच भेट भएको देउवाको सचिवालयले जनाएको छ। आधा घण्टा भएको छलफलमा वागमती र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचन, बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका विषयमा कुरा भएको देउवाको […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

काठमाडौं,बैशाख,२४-आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै नेपाल पक्ष र जनता समाजवादी पार्टीको तर्फबाट विपक्षी साझा उम्मेद्वार डा. खिमलाल देवकोटा र नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी […]

नेपालमा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

काठमाडौं,बैशाख,२४-नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ तथा ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ संक्रमित पुष्टि भएका हुन् । यसअघि हिजो ९ हजार ७० जना संक्रमित थपिँदा ५४ जनाको […]

अन्तर्राष्ट्रिय उडान बन्द, मापदण्डका आधारमा चार्टर्ड र उद्धार उडान गर्न पाइने

काठमाडौं,बैशाख,२४-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको […]

राष्ट्रिय सभा उपनिर्वाचन:आज उम्मेदवारको मनोनयन हुँदै

काठमाडौं,बैशाख,२४-जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले […]

सुदूरपश्चिममा एकै दिन १२ जना संक्रमितको मृत्यु

कैलाली,बैशाख,२३-कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु […]

नेपालमा एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित,५४ जनाको मृत्यु

काठमाडौं,बैशाख,२३-नेपालका एकैदिन ९ हजार ७० जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको […]