काठमाण्डौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आह्वान गरेको आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्नु भएको छ। आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल […]
समाचार
भारतीय विदेश मन्त्रालय भन्छ : नेपालमा हाम्रा ६ लाख नागरिक बस्छन्
काठमाडौं,माघ,२२-भारतले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ।भारतको माथिल्लो सदनमा बिहीबार भारतीय विदेश मन्त्रालयले विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो। मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्। यो संख्या विदेशमा […]
हड्ताल सफल बनाउन दाहाल सडकमा,फागुनबाट जनआन्दोलन सुरु हुने
काठमाडौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो । […]
संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ
काठमाडौं,माघ,२१-विवादका बीच संवैधानिक परिषदबाट सिफारिस विभिन्न संवैधानियक आयोगका पदाधिकारीले अन्ततः आज (बुधबार) बिहान शपथ ग्रहण गरेका छन्। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति पाएका पदाधिकारीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाउनु भएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश जबराले तथा […]
नेपालको राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का
काठमाडौं,माघ,२०-एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागीता […]
नेपाल र कतारबीचको टी-२० आई सिरिज नहुने
काठमाडौं,माघ,१९-नेपाल र कतारबीच हुने भनिएको ३ खेलको टी–२० आई सिरिज नहुने भएको छ।कतार क्रिकेट एसोसिएसनले कतार स्पोट्र्स डेको अवसरमा फेब्रुअरी दोस्रो सातामा हुने सिरिजका लागि नेपाली टोलीलाई निम्ता दिएको थियो। कतार सरकारले कोरोना संक्रमण रोक्न अवलम्बन गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमलाई कारण देखाउँदै खेल हुन नसक्ने कतार क्रिकेट एसोसिएसनले क्यानलाई जानकारी गराइसकेको छ। एसोसिएसनले आइतबार क्यानलाई […]
प्रचण्ड-नेपाल र ओली पक्षबीच झडप,उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड
नुवाकोट,माघ,१९-नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा […]
म्यानमारको ‘कू’ प्रति अमेरिकाको प्रतिक्रिया, सुकीलाई तत्काल रिहा नगरे गम्भीर कदम चाल्ने चेतावनी
एजेन्सी,माघ,१९-अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको विरोध गरेको छ ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ ।ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ […]
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,माघ,१९-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी […]
म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा
एजेन्सी,माघ,१९-म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना […]


