काठमाडौं,माघ,१९-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी […]
समाचार
म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा
एजेन्सी,माघ,१९-म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना […]
सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु
काठमाडौं,माघ,१९-प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको […]
‘श्री ५ को सरकार’भन्दै भाषण गर्ने खानेपानी मन्त्री मणिचन्द्रले मागे माफी
काठमाडौं,माघ,१८-शहरी विकास तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी माग्नु भएको छ । कार्यक्रममो बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका […]
यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने
काठमाडौं,माघ,१८-नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो। कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई […]
प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ ३३ रनले पराजित
काठमाडौं,माघ,१७-चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएकोे एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ […]
प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास
काठमाडौं,माघ,१७-प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नु भएको छ।भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटीहलको प्रधानमनत्री ओलीले शनिबार दिउँसो शिलान्यास गर्नु भएको हो । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो। देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको […]
ओलीको पार्टी ‘डुप्लिकेट’हो,सडकमा पनि एक तिहाइ मात्र छ: प्रचण्ड-माधबको टिप्पणी
काठमाडौं,माघ,१७-प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा केपी शर्मा ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको बताउनु भएको छ । सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उहांको भनाइ थियो। उहाले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको […]
आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं,माघ,१६-आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ। नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो। आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले […]
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा […]





