निर्वाचन आचारसंहिताबारे छलफल गर्न नेकपाका दुवै पक्षसहित सबै दललाई निमन्त्रणा

काठमाण्डौं,फागुन,२-सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) नेकपाका दुवै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ।निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। एक आयुक्तका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह/सुझाव लिन नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली […]

ओलीको सभामा लगिएको बस भाडा तिर्न नमानेपछि अधिकृतमाथि गाउँपालिका अध्यक्षको दुर्व्यवहार

काठमाण्डौं,माघ,३०-ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।   ओली पक्षको सभाका लागी कार्यकर्ता बोकेर ‘रिजर्भ’ लगिएको बस भाडा गाउँपालिका कार्यालय मार्फत भुक्तानी गर्न नमानेपछि जिल्लाको दक्षिणी […]

आज सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाईदै

काठमाडौं,माघ,३०-आज सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाईदै छ ।तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाइ रहेका छन् । तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर […]

राष्ट्रिय महिला फुटबल लिगमा:पुलिस र चन्द्रपुर भिड्दै

एजेन्सी,माघ,३०-राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ ।पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ […]

अन्तत:रामकुमारी झाँक्री बिना सर्तमा रिहा !

काठमाडौँ,माघ,२९-नेकपा प्रचण्ड-नेपाल समुहकि नेतृ रामकुमारी झाँक्री अन्तत बिना सर्त रिहा हुनु भएको छ ।झाँक्रिले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताउनु भएको छ । बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताउनु भएको हो। उहाँलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको […]

बाबुरामको प्रश्न-यो सरकारको काल आएकै हो ?

काठमाडौं,माघ,२९-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै हो भनेर प्रश्न गर्नुभयो । उहाँले संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘ओली सरकारले राष्ट्रपतिबारे […]

निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

काठमाडौं,माघ,२८-आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं,माघ,२७-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनु भएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।उहाँको कार्यकाल सकिएछी प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो […]

भागरथी भट्टको हत्यारा पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न राप्रपाको माग

काठमाडौं,माघ,२५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै भागरथी भट्ट हत्या घटनाको सत्य तथ्य छानबिनगरि दोषी माथी कडा भन्दा कडा कारबाही गर्न सरकार संग माग गरेको छ । पछिल्लो समय ‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी चिन्तित भएको छ । तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना […]

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

काठमाडौं,माघ,२५-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताउनु भएको छ । आइतबार सरकारी वकिलको बहस सकिएको छ।त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गर्नु भएको छ। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताउनु भएको हो । अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस […]