मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णयहरु

काठमाडौं,भदौ,११-सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ । यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । उच्च शिक्षाका लागि विदेशी […]

नेपालमा थप ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

काठमाडौं,भदौ,११-पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् ।विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।यससँगै कुल […]

कोरोना संक्रमणबाट बिहानै गर्भवतीसहित थप ४ जनाको मृत्यु

काठमाडौं,भदौ,११-कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ।वीरगञ्ज, बुटवल, ललितपुर र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो। वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या […]

ब्लडक्यान्सर पिडित कल्पना लाई सहयोगको अपिल

बुडर,डोटी,भदौ,१०-ब्लडक्यान्सरबाट पीडित भएका डोटीको जोरायल गाॅंउपालीका वडा नं.२ पनालीगैरा बस्ने २६ वर्षीय कल्पना विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै कल्पनाको परिवारले सहयोगको माग गरेको हो। ब्लडक्यान्सर पिडित कल्पना, खडक कामीका बुहारी अर्थात चन्द्र कामीको श्रिमती हुनुहुन्छ । पिडित परिवारको आर्थीक अवस्था नाजुक भएको हुॅंदा […]

बार्सिलोना छोड्ने मेस्सीको निर्णय

एजेन्सी,भदौ,१०-अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै […]

स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

बुटवल,भदौ,९-मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो । उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् ।  धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए […]

नेपालमा कोरोनाको संक्रमण झनै भयावह हुने विश्व स्वास्थ्यको चेतावनी

काठमाडौं,भदौ,९-विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनसक्ने चेतावनी दिनुभयो । केही हप्ता र महिनापछि संक्रमण अझै बढ्नसक्ने […]

नेपालमा एकैदिन कोरोनाका कारण ७ जनाको मृत्यु ,८५५ जना संक्रमित थपिए

काठमाडौं,भदौ,९-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् । यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको […]

स्वास्थ्यकर्मी माथी भैईरहेका दुर्व्यवहार रोक्न सरकार समक्ष तरुण दलको माग

काठमाण्डौं,भदौ,८-नेपाल तरुण दलले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना रोक्न सरकार समक्ष जोड्दार माग गरेको छ ।  पछिल्लो समय कोरोना भाईरसको उच्च त्रासको बाबजुद पनि अग्रपंङतीमा रही काम गरिरहेका स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना प्रति नेपाल तरुण दल केन्द्रिय समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यान आकर्षण भएको […]

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कामठाडौं,भदौ,८-पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या […]