कास्की,साउन,२-कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता […]
समाचार
नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित
काठमाडौं,साउन,२-नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेकपा बैठक बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि स्थगित गरिएको थियो । यस अघि पनि […]
ला-लिगाको उपाधि रियाल मड्रिडलाई
काठमाडौं,साउन,२-रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ।गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको हो । गएरातीको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । भियारियालका भिन्सेन्ट इबोराले एक गोल फर्काए ।यो जितसँगै रियालले सिजनमा एक खेल बाँकी छँदै ला लिगाको […]
फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा
काठमाण्डौं,साउन१-कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको ‘किकअफ टाइम’ पनि सार्वजनिक गरेको हो। समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल […]
नेकपाको विवाद मिलाउन आज ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता हुने
काठमाडौं,साउन,१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ । सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन नसकेपछि आज ओली, प्रचण्ड र […]
विश्वव्यापी कोरोना महामारी छ : कसलाई सुनाउ गुनासो-भुवन भट्टराई
काठमाण्डौं,असार,३०- विश्वव्यापी रुपमा फैलिररेको कोरोना भाईरसका कारण पाॅंच लाख भन्दा बढी व्यक्तीले ज्यान गुमाईसकेका छन्,भने एक करोड भन्दा बढी व्यक्तीमा कोरना भाईरसको संक्रमण देखा परि सकेको छ । कोरोना भाईरसले विश्वभरीका मानीसलाई समस्यामा त पारिनै रहेको छ । यो भाईरसले गर्दा धेरै देशका ठुला ठुला कम्पनीहरु बन्द भएका छन् । धेरै मानीसहरु बेरोजगारी हुन पुगेका […]
थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं,असार,३०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० […]
तनहुँ पहिराे अपडेटः मृत्यु हुने संख्या ६ पुग्याे, पाँच बेपत्ता
काठमाडौं,असार,२९-अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी […]
ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु
काठमाडौं,असार,२९-ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । […]
गाउँमा पहिरो जाँदा संखुवासभामा ११ जना बेपत्ता, सात घर बग्यो
काठमाडौं,असार,२८-संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाएको छ।सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोले सात घर बगाएको छ। सिसुवाखोलास्थित बेसिन्दा गाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । घटनास्थलमा अझै प्रहरी पुगेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। […]

