अभागी मतदाताका भाग्यमानी नेता !

काठमाण्डौं,जेठ,३०-चुनाव आउनु एक महिना अघि नै नेताहरुलाई भोट माग्न र भोटको आँकलन गर्न भ्याइ नभ्याइ हुन्छ । देशका कुना काप्चामा काम विशेषले बसेकाहरुलाई गाउँ घर सम्म बोलाउँछन ति नै नेता ज्यू । भारतका विभिन्न शहरमा रोजगारीमा गएका थुपै्र आफ्ना मतदाता गाउँलेहरुलाई यसपालि मलाई भोट हालेर जाऊ भनेर कर गरिन्छ । विचरा सोझा परदेशी दाजुभाई र […]

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, गोली लागेर एकको मृत्यु

काठमाडौं,जेठ,३०-सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र […]

निजगढ-काठमाडौं सम्पर्क समिती बाराको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ,२९-निजगढ-काठमाडौं सम्पर्क समिती बाराले बिहिबार नेपाल रेडक्रस संग समन्वय गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ।नेपाल अहिले कोरोना भाईरसको अती जोखिमा परिरहेको अवस्थामा बिरामीको चाप बढे संगै रगतको पनि अभाब भैरहेको बेला केही […]

थप २५० जनामा सङ्क्रमण पुष्टि,नेपालमा सङ्क्रमित सङ्ख्या ४,६१४ पुग्यो

काठमाण्डौं,जेठ,२९-नेपालमा बिहिबार थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सङ्क्रमित भएकाहरु मध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको हो ।यो सँगै बिहीवार बेलुकि सम्म देशभरी सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ। तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता […]

नेपाललाई सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने

काठमाण्डौं,जेठ,२९-विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालको सडक पूर्वाधार विकास गर्नका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा […]

कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२९-विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा १ सय ६१ जना नेपाली महिला स्वदेश फर्किएको बताइएको छ। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ। अब उनीहरुलाई […]

कुवेतबाट तीन सय नेपाली महिलालाई आज स्वदेश ल्याईदै

काठमाडौं,जेठ,२९-कुवेतबाट दुइटा जहाजमा आज (बिहीबार) तीन सय नेपाली महिला स्वदेश फर्किरहेका छन्।कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदार बोकेर स्थानीय समय अनुसार बिहानै काठमाडौंका लागि उडेका हुन्। उनीहरु अहिले बिहान ११:३० र दिउँसो १:३० बजे काठमाडौं आईपुग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार […]

लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, पसल खुल्ने, सवारीमा जोर बिजोर प्रणाली !

काठमाडौं,जेठ,२९-सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार अबेर राति सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गरिने छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गरिने छ । सरकारले […]

सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन, नलिए कारवाहीको चेतावनी

काठमाडौं,जेठ,२८-भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संशोधनको सूचना दर्ता गराएकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही चेतावनी दिएको छ। जनता समाजवादी पार्टी संघीय संसदीय दलका प्रमुख सचेत उमाशंक अरगरियाले संसद सचिवालयमा दर्ता गरिएको संशोधनको सूचना तत्काल फिर्ता लिन निर्देशन दिनुभयो ।  पार्टीसँग सल्लाह नलिइ, संसदीय दलको निर्देशनबिना संशोधन दर्ता गराएको जनाउँदै जनता […]

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो, ६७४ जना निको भए

काठमाडौं,जेठ,२८-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उहाॅंले जानकारी दिनुभयो ।कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ । नेपालमा […]