काठमाडौं,जेठ,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा […]
समाचार
सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा धुलीखेल अस्पताल सिल
काठमाण्डौं,जेष्ठ,३-धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । उपचारका लागि लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। महिलाको […]
नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौं,जेठ,३-नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, […]
मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय : नेकपाका अध्यक्षद्वयको भनाई
काठमाडौं,जेठ,३-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा मदन भण्डारीको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। आज जेठ ३ गते २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले ३ पेज लामो संयुक्त विज्ञप्ती जारी गर्दै मदन भण्डारीलाई यसरी चित्रित गरेका […]
जापानमा १६,९३६ संक्रमीत पुग्दा, ११,४६० जना निको भए, ७,४२ को मृत्यु
जापान,जेष्ठ,३-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ३६ जना संक्रमीत भएका छन् । संक्रमीत भएका मध्य ११ हजार ४ सय ६० जना निको भईसकेका छन् । पछिल्लो समय निको हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण हुनेको संख्या अहिले घट्दै गएको छ ।गएको २४ घण्टामा अर्थात शनिबार बिहान सम्म थप नयाॅं […]
राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने
काठमाडौं,जेष्ठ,२-सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु […]
नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]
जापानमा कोरोना लागेका १०,५१९ जना निको भए, १६,७८९ संक्रमित
जापान,जेठ,१-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य १० हजार ५ सय १९ जना निको भएका छन् । पछिल्लो समय निको हुनेको संख्या बढिरहेको छ । केहि समय अगाडी २ सय देखि ६ सयको हाराहारीमा दिनैपिच्छे संक्रमण देखिने गरेकोमा त्यो अहिले घट्दै गएको छ ।बुधबार देखि बिहिबार बिहान सम्म थप नयाॅं ५३ जनामा संक्रमण देखिएको […]
नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो
काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ […]
लिपुलेक विवाद : छाङरुमा यसरी पुग्यो सशस्त्र प्रहरी टोली, हेर्नुहोस् ६ फोटोमा
काठमाडौं,बैशाख,३१-भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो। नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना […]







