काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनुहुनेछ ।नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम […]
समाचार
भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु
काठमाडौं,जेठ,६-भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। अहिलेसम्म भारतमा एक लाख तीन सय २८ जना कोरोना संक्रमित भएका वल्डओमिटरले जनाएको छ। सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्। […]
परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छ: काॅंग्रेस प्रवक्ता शर्मा
काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः बन्द गरेर राख्न […]
बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं,जेठ,५-नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो । सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष, […]
लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित
काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ […]
जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार डलरमा विक्रि भयो
काठमाडौं,जेठ,५-बास्केटबल महान खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता किर्तिमानी मूल्यमा विक्रि भएको छ।जोर्डनले सन् १९८५ मा लगाएको नाइक जुत्तामा उनको हस्ताक्षर पनि छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।विश्वभरका दश जनाले उक्त जुत्तामा मूल्य लगाएका थिए। अन्तिममा ५ लाख ६० हजार डलरमा उक्त जुत्ता विक्रि […]
सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुग्यो: डा.शशांक कोइराला
काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको छ ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा सहभागी हुँदै उहाॅंले सरकारको कडा आलोचना गर्दै काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको हो । उहाॅंले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहीलाई तिब्रता दिएको भनिएको छ तर महासंकटको यस्तो अवस्थामा समेत […]
नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो
काठमाडौं,जेठ,५-कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका- २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु संक्रमित छन् । त्यस्तै रौटहट माधवनारायाण नगरपालिका ३ निवासी २८ वर्षी महिला र […]
लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं,जेठ,४-सरकारले जेठ २० गतेसम्म लकडाउन अर्थात् बन्दाबन्दी थप्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी बन्दाबनदीलाई अरु १५ दिन थपेर २० गतेसम्म लम्ब्याएको हो । लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरिएको हो ।बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय […]
नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु, मृत्यु हुनेमा बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवक
बाॅंके,जेठ,४-नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय […]



