नेपालगन्ज,मंसिर,१०- डुडुवा गाउँपालिका २ का सुनिता यादव ६ दिनको अवलोकन भ्रमणमा निस्किन । भ्रमणको वारेमा उनले सोचेका पनि थिएनन् कि यति लामो भ्रमणको अवसर आउछ भन्ने । भ्रमण बारे उनले कतिको रमाईलो हुन्छ भन्ने बारे पनि सोचेका थिएनन् । करिव ५ बजे जाने खवर आएको थियो झोलामा कपडा, र आफुलाई चाहिने सामान झोलामा राखेर घरबाट […]
समाचार
नेकपाको बैठक मंगलबार सम्मका लागि सर्यो
काठमाडौं,मंसिर,१०- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति […]
ए डिभिजन लिगमा : आर्मी, थ्रीस्टार र पुलीसको जीत
काठमाडौं,मंसिर,१०- आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल […]
पूर्व प्रधानमन्त्री डा: भट्टराईद्धारा निर्मलाका बुवालाई १ लाख सहयोग
काठमाडौं,मंसिर,१०- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तको बुबा यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँले यज्ञराज पन्तको उपचारका लागि १ लाख रुपैयाँ सहयोग समेत हस्तान्तर गर्दै सुरक्षा दिने नाममा प्रमाण नष्ट गर्नेहरुलाई कडा कारवाही गरिनु पर्ने माग गर्नु भएको छ । […]
गुरुवा गाउँ मेलामा कांग्रेस इकाईद्धारा पानी तथा प्राथमिक उपचार सेवा प्रदान
नेपालगञ्ज,मंसिर,८- बाँकेको गुरुवा गाउँमा जारी मेलामा नेपाली कांग्रेस इकाई समितिले पेय जल तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । जानकी गाउपालिका वडा नं. ५ गुरुवा गाउँमा शुक्रवारबाट शुरु भएको तीन दिने मेलामा दर्शकहरुलाई पानीको अभाव तथा चोट पटक लागेको तत्काल आवश्यक औषधीको अभाव हुन नदिन इकाई समितिले शुद्ध पेय जल तथा प्राथमिक उपचारको […]
नेपालगंजमा भएको चौथो म्याराथान दौडको उपाधी नेपाल प्रहरीका राईलाई
नेपालगन्ज,मंसिर,८- क्रियटिभ हेन्ड्सद्वारा सञ्चालन गरेको नेपालगन्ज चौथो म्याराथन नेपाल प्रहरीका भुमि राज राईले उपाधि चुमेका छन् ।अाज बाँकेको नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका अगाडि बि-पी- चोकबाट सुरु भएको म्याराथन कोहलपुरको कौशिलानगर सम्मको यात्रा तय गरिएको थियो । कुल ४२-१९५ को दुरी नेपाल प्रहरीका भुमि राज राईले २ घण्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गरेका थिए । त्यसै […]
कपिलवस्तुमा गोली प्रहार बाट प्रदेशसभा उम्मेदवारको हत्या
कपिलबस्तु,मंसिर,८- कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको हो । शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले गएराति उनलाई गोली प्रहार गरेको थियो ।गोली लागेर गम्भीर घाइते भएका […]
खुल्ला वक्तृत्वकलामा शिक्षा कंडेल प्रथम
नेपालगञ्ज,मंसिर,७- बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन । “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन । बिद्यालयको सहकार्य, बाल क्लबको संयोजन, प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण […]
डडेल्धुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना : १६ जनाको मृत्यु
काठमाडौं,मंसिर,६- डडेलधुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीबाट डडेल्धुरा मेला हेर्न आएर फर्किँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । से १ ख २९३ नम्बर बस दुर्घटनामा परेको हो । उग्रतारा मन्दिरमा मेला हेरेर फर्किने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १६ […]
कर्मचारीलाई राजनितिक संरक्षण गरिने कार्यको अन्त्य हुनुपर्छ : मन्त्री कार्कि
काठमाण्डौ,मंसिर,६- प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रकोपका दृष्टिले नेपाल बहुजोखिमयुक्त क्षेत्र भएकाले सम्भाबित घटनाको बारेमा पुर्ब तयारी गरिनु पर्ने बताउनु भएको छ । स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिमको आज ओखलढुंगामा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कार्कीले जोखिम छ भनेर प्रत्येक बर्ष एकै ठाँउमा […]







