कपिलवस्तु, चैत,११- कपिलवस्तिको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो […]
समाचार
धनगढी विमानस्थलबाट काठमाण्डौं सम्म रात्रीकालीन उडान सुरु
धनगढी,चैत,११- धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ। वुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमतिका लागि सात महिनादेखि परीक्षण गर्दै आएकोमा अनुमति पाएपछि उडान भर्न सुरु गरेको हो। रात्रीकालीन उडान र कम भिजिविलीटीमा पनि हवाई यात्रा गर्नका लागि वुद्ध एयरले […]
ओलीको प्रस्तावः भारत भ्रमण अघि नै पार्टी एकता गरौं
काठमाडौं, चैत,१०- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सार्नु भएको छ। प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले […]
‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति
काठमाडौं, चैत,१०- नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा आज तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच […]
स्थानीयको सक्रियतामा बाटो निर्माण
नेपालगञ्ज चैत्र,१०- नेपालगञ्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् । वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो विस्तार कार्यलाई तिव्रता दिइएको […]
विजय कोइरालाको निधन
काठमाण्डौं,चैत,८- नेपालगञ्जको कोइराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री स्व सुशिल कोइरालाका कान्छा भाई विजय कोइरालाको आज विहान निधन भएको छ । नेपालगञ्ज– १० निवासी ७४ वर्षिय कोईरालाका आज विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहाँ दुई हप्तादेखि निमोनीयाबाट ग्रस्तु हुनुहुन्थ्यो । साविकको वडा न […]
फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः ‘विश्वासघात भयो’
काठमाडौं,चैत,८- सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका […]
आज विश्व पानी दिवस
काठमाडाैँ,चैत,८- आज विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन लागिएको हो । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ देखि मार्च २२ का दिन […]
नेपाल टेलीकमको अवरुद्ध मोबाइल सेवा सुरु
काठमाडाै,चैत,८- नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको छ। पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि फोन नलाग्ने समस्या देखिएको थियो। मर्मतपछि फोन नलाग्ने समस्या समाधान भएको टेलिकमले जनाएको छ। फोन नलाग्दा सेवाग्राही मर्कामा परेका थिए। सिस्टममा समस्या आएकाले देशभर नै फोन नलाग्ने समस्या देखिएको थियो। सेवा बन्द हुँदा सेवाग्राहीलाई परेको समस्याप्रति टेलिकमले माफी मागेको छ।
माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु
काठमाडौं, चैत,८- माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार […]










