काठमाडौं, चैत,७- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो । नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका […]
समाचार
तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल
काठमाडौं, चैत,६- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् । आज राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री खनालले नेपाललाई पाँच वर्षभित्र अग्र्यानिक कृषि उत्दानको निर्यातकर्ता देश बनाउने बताउनुभयो । कृषि क्षेत्रको उत्पादकत्व बढाएर भारतबाट हुने आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो । मन्त्री खनालले कृषिजन्य […]
विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव ढाका लगियो
काठमाडौं, चैत,५- युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका २३ जना बंगलादेशी नागरिकको शव आज बंगलादेश लगिएको छ । उनीहरुको शव बंगलादेश एअरफोर्सकोमार्फत् ढाका लगिएको हो । विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । तीमध्ये तीनजनाको शव अझै पहिचान भएको छैन । शवहरुलाई बंगलादेशको सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जलि […]
पाँच वर्षभित्र मुलुकको कायापलट गर्ने प्रधानमन्त्री ओलीको उद्घोष
काठमाडौं, चैत,५- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउनु भएको छ ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको आज काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने […]
चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी छैनः मन्त्री तामाङ
काठमाण्डौँ,चैत,५- कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले चौधरीको अभियोग प्रमाणित नभए पनि उहाँको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिनु भयो । अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने पनि उहाँको भनाई थियो । टीकापुर घटना […]
रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी
काठमाडौं, चैत,५- साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको […]
बंगलादेशले आफ्ना नागरिकको शव आज लैजादै
काठमाडौं,चैत,५- यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव आज काठमाडौंबाट ढाका लगिँदैछ । ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ […]
बैजनाथ र जानकीका सामुदायिक बिद्यालयमा लैंङ्गिकता परियोजना शुरु
नेपालगञ्ज,चैत्र,४- जिल्लाका बिद्यालयहरुमा लैङ्गिकमैत्री व्यवहार सृजना गर्न उद्देश्यले लैंङ्गिक क्षमता बिषयक अभिमुखिकरण थालिएको छ । जिल्लाको बिभिन्न गाउँपालिकाका रहेका सामुदायक बिद्यालयहरुमा लैङ्गिकमैत्री कार्यलाई व्यवहारमा ल्याइ बिद्यालयको शिक्षण वातावरणलाई थप प्रभावकारी बनाउनका लागी लैंङ्गिक क्षमता बिषयक अभिुमखिकरण थालिएको हो । बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा कुनै प्रकारले भेदभावको अनुभव हुन नदिन तथा उनीहरुमा सबै समान हो भन्ने […]
एसईई परीक्षाका लागि १ हजार ९५६ केन्द्र निर्धारण
भक्तपुर,चैत,४- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि १ एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।आज राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी पूरा भएको जानकारी दिएको छ। परीक्षा सञ्चालका लागि १ हजार ९५६ केन्द्रध्यक्ष, २ हजार ४५० सहायक केन्द्रध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० […]
मनाङेलाई पक्रिन रेडकर्नर नोटिस जारी
काठमाण्डौँ,चैत,४- प्रहरीले प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज न्याैपाने जानकारी दिनुभयो । प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार […]










