विश्व सैनिक वर्गीकरणः नेपाली सेना ९७ औं स्थानमा

काठमाडौं,फागुन,२८- सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपाल सो स्थानमा परेको हो । यो वर्ष नेपालले गत वर्ष भन्दा एक स्थान सुधार गर्दै ९८ औं स्थानमा आएको हो । गत वर्ष एक सय २६ […]

एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी

काठमाडौं,फागुन,२८- सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ । संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ । तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिवव राख्ने तयारी सरकारले गरेको छ अाजको नेपाल […]

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

पर्वत,फागुन,२८- शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर […]

रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै

नेपालगन्ज,फागुन,२८- राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीय सित भेटेर अन्तर्क्रिया गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले […]

प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी सांसदको ‘विश्वास मत’

काठमाडौं, फागुन,२७- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका २०८ सांसदले मत दिएका छन् । यो कुल संसद सदस्य संख्याको ७५.६ प्रतिशत हो । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार विश्वासको मतमाथि मतविभाजन हुँदा २६८ सांसद मतदानमा सहभागी भएका थिए । ६३ सांसद रहेको नेपाली कांग्रेसका […]

नेपालगन्ज बहुमुखी क्याम्पसले गर्यो स्वागत तथा बिदाई कार्यक्रम

ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुन,२६- बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। यस क्याम्पसको बि.बि.एस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थिहरुद्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो। बि.बि.एस तेस्रो वर्षमा अध्यनरत छात्र पोखराजको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा […]

द्वन्द्वग्रस्त सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाण्डौं,फागुन,२६- द्वन्द्वग्रस्त मुलुक सिरियामा केही नेपाली युवतीहरु पुगेको छ ।समाचार अनुसार त्यहाँ पुगेका युवतीहरुको यकिन तथ्यांक त छैन तर झण्डै ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरु कस्तो हालतमा के गरिरहेका छन् भन्ने पनि खुलेको छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर छ । सम्पर्क […]

पहुँचका भरमा शान्ति मिसन

काठमाण्डौं,फागुन,२६- प्रहरीले पहुँचका भरमा शान्ति मिसनमा पठाउने प्रहरी छनोट गरेको  छ ।प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ । मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका अंगरक्षकदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालका भान्छेसम्म छन् । कार्यक्षमता र दक्षताका आधारमा मिसनमा […]

राष्ट्रियसभा नेतृत्वमा एमालेका दुई नेता आकांक्षी

काठमाण्डौं,फागुन,२६- राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् । एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटका अनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर सो […]

कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

काठमाण्डौं,फागुन,२६- गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको हो । समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले […]