कञ्चनपुरमा चुनावी प्रचार प्रसार तीव्र

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१४-    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुनावका लागि विभिन्न पार्टिका उम्मेद्वार तथा कार्यकर्ताहरु आआफनो पक्षमा मतदाताहरु लाई रिझाउन सभा,सम्मेलनका साथै घरदैलो गर्दै प्रचार कार्यमा व्यस्त छन् । गाउँ देखि सहर, रुख, भित्ता,घरका भित्ता, विधुतका पोल […]

नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको बृहत् प्रचारात्मक र्याली

नेपालगञ्ज,मंसिर,१४- मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा लोकतान्त्रिक गठबन्धनले आज(विहीबार) नेपालगञ्जमा बृहत् प्रचारात्मक र्यालीको आयोजना गरेको छ । कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले केहीबेरमै राप्रपाको पार्टी कार्यालय अघिबाट बृहत् प्रचारात्मक र्याली निकाल्ने तयारी गरेको राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो । र्याली त्रिभुवन चोक, धम्बोझी चोक, […]

कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु

पवन मुडभरी/ कैलाली,मंसिर,१४- कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु भएको छ । गएरातीबाट वाम गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र २ का प्रदेश सभा उम्मेदवार   रतन थापाको गाडीमा आगजानी भएको छ । उँहाकै निवासमा राखीएको गाडीमा बिहान करिब ३ बजे आएको अज्ञात समुहले गाडीमा आगजनी गरेको जनाईएको छ । अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन […]

ओखलढुंगाका संघिय समाजवादी नेताहरु लागे उपेन्द्र यादव जिताउन

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- ओखलढुंगाका संघिय समाजवादी फोरमका नेताहरु पार्टी अध्यक्षलाई सघाउन गएका छन् । जिल्लामा निर्वाचन सकिएपछि दोस्रो चरणको चुनाव हुने सप्तरीमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका लागि ओखलढुंगाका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य जुद्ध ढाक्रेको नेतृत्वमा २० जनाको टोली सप्तरी पुगेको संघिय प्रेस फोरमका केन्द्रिय […]

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गर्न वाम गठबन्धनले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र बरिपरिवाट कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि हिसावले मतदान गराएकाले […]

विवेकशिल साझाप्रति बढ्दो झुकाव

नेपालगन्ज ,मंसिर,१३-  साझा पार्टीले चुनावी घरदैलोलाई निरन्तरता दिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण सहित समर्थकहरुले घरदैलो अभियानलाई साथ दिएका छन । बुधबार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ मा घरदैलो गरीएको डाक्टर कर्णले बताए । विहान ७ […]

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, १५ जना घाईते

 काठमाडौं,मंसिर,१३- त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । लु २ख २९१ नम्बरको बस आज बिहान ९:१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । त्रिशुली नदीमा खसेको बसको छतमात्र देखिएको छ । उक्त्त दुर्घटनामा मृतक हुने मध्य कसैको पनि सनाखत हुन सकेको छैन ।पूर्ण […]

बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरीको मृत्यु

दाङ, मंसिर १३- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतीनीधी र प्रदेश सभाको चुनावका लागी नेपाली काँग्रेसले दाङ तुल्सीपुरमा  गरेको आम सभालाई लक्षीत गर्दै गराईएको बम विस्फोटनमा घाईते भएका  म्यादी प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा तुल्सीपुर उपमहानगरपालिका–१८ घर भएका २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरी रहेका छन् । उनको मंगलबार राति उपचारको क्रममा […]

कालिकोटमा जिप दुर्घटना हुंदा ४ जनाको मृत्युः ५ घाईते

कालिकोट,मंसिर,१३- कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाडाचक्रमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती मुगुबाट सुर्खेततर्फ आउदै गरेको लु २ च २००३ जिप खाडाचक्र नगरपालिका –२ अस्पताल मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । उहाँका […]

रञ्जु दर्शना नेपालगन्ज आउदै

नेपालगन्ज,मंसिर,१२-  विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन केन्द्रिय सदस्य रञ्जु दर्शना नेपालगन्ज आउने भएकी छन । विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लागेकी हुन । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ । यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र […]