शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयनपत्र दर्ता हुँदैः निर्वाचान अायाेग

काठमाण्डाैं,कार्तिक,१६- मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन […]

प्रधानमन्त्री देउवाको निर्देशनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता

काठमाडौं, कात्तिक १६- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो । निगमका […]

वाम गठवन्धनले आफूलाई प्रधानमन्त्री बनाउने सहमति नगरेको अध्यक्ष ओलीको भनाई

विराटनगर, कात्तिक,१६- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी […]

परराष्ट्रका कर्मचारीले अब नेपाली र अंग्रेजीबाहेक अर्को भाषा अनिवार्य सिक्नुपर्ने

काठमाण्डौ,कार्त्तीक,१६- आफ्ना कर्मचारीलाई परराष्ट्र मन्त्रालयले विभिन्न भाषाको प्रशिक्षण सुरु गरेको छ। मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका कर्मचारीलाई आइतबारदेखि अरबी, सोमबारदेखि फ्रेन्च तथा मंगलबारदेखि चिनियाँ भाषासमेत प्रशिक्षण सुरु भएको हो। परराष्ट्रले आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक अर्को एउटा भाषा अनिवार्य सिक्नुपर्ने नियम ल्याएको छ। पहिलो चरणमा तीन भाषालाई महत्त्व दिइएको हो।अरबीमा २७ र फ्रेन्चमा २३, चिनियाँमा […]

७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६-  अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]

आजबाट बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु

पवन मुडभरी/ कैलाली,कार्तिक,१५- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज बर्दगोरीया गाउपालिका उपप्रमुख भगवति डगौरा थारुले एक कार्यकक्रमका विच उद्घाटन गर्नु भएको हो । जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजनामा मुडा खेलमैदानमा आज शुरु भएको प्रतियोगिताको पहिलो खेल आयोजक जेटी र […]

उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १५- निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार (भोलि) हुने उम्मेदवारी मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले मनोनयनको तयारी पूरा भएको भन्दै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्न आग्रहसमेत गरेको छ । बिहीबार ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र […]

१० करोड बुझाएपछि मोतीलाल दुगड एमालेबाट सांसद बन्ने पक्का

काठमाडौं,कार्तिक,१५- चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ।दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्। उनलाई ठूलै रकम लिएर एमालेले सांसदमा बनाउन सिफारिश गरेको स्रोतको दाबी छ । दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा […]

जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को आज उद्घाटन हुने

पवन मुडभरी/ बौनिया कार्त्तीक,१५- कैलालीको बर्दगोरिया गाउपालिकामा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को बुधबार एक कार्यक्रमका विच कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहँ द्रारा उद्घाटन हुने बताइयको छ । आज बुधबार हुने पहिलो खेल दुई बजे हुने तय भएको आयोजकले जानकारी दिएको छ । जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा […]

बाम एकता कांग्रेसका लागी अनिष्ठ हुने : एमाले उपाध्यक्ष रावल

पवन मुडभरी/ बौनिया,कार्तिक,१५- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बाम एकता नेपाली जनताका लागी नभई कांग्रेस पार्टिका लागी अनिष्ठ हुने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली द्धारा मंगलबार कैलालीको बर्दगोरीयामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले कांग्रेसका नेताहरु बाम एकता बाट अत्तालिएर अनिष्ठ सब्दको प्रयोग गर्न थालेको बताए । उपाध्यक्ष रावलले बाम एकता गठबन्धन लागी […]