काठमाडौं,कार्त्तीक,१०- दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १८ क्षेत्रबाहेक बाँकीको भागबण्डा एमाले र माओवादी केन्द्रले मिलाएका छन् । दुई दलको कार्यदलले १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका हुन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटे पनि माओवादी अध्यक्ष […]
समाचार
पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]
तोकिएकै मितिमा निर्वाचन हुने प्रथानमन्त्री देउवाको भनाई
काठमाडौं,कार्तिक, १०- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गर्नु भएको छ ।पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा […]
उदाउँदो सूर्यलाई अर्घ दिंदै आजदेखि छठ पर्व समापन
काठमाडौं, कात्तिक १०- उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो ।छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो । त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज […]
काँग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगायो
काठमाण्डौं,कार्तिक,१०- नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको काँग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो । शीर्ष नेताहरु कहाँ कहाँ बाट लड्दै छन् त ? १. काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, २. रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.–१ ३. महामन्त्री डा. शशांक […]
आजदेखी ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाण्डौं,कार्त्तीक,९- दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखी ४५ जिल्लामा स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारैदेखि सन्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा […]
निर्वाचन समयभित्रै नभए संसद स्वतः पुनःस्थापना : दाहाल
काठमाडौं, कात्तिक ९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएमा व्यवस्थापिका–संसद स्वतः पुनःस्थापना हुने बताउनु भएको छ । लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (वि.सं. १७४३–१९५५)’ पुस्तक आज राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद विघटन भएको […]
निर्वाचन अघि प्रदेशको राजधानी तोकिदैन: प्रधानमन्त्री
काठमाडौं, कात्तिक ९- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताउनु भएको छ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताउनु भएको हो । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको […]
मतपत्र छपाईमा किन विवाद , के भन्यो सर्वोच्चले
काठमाडौं,कात्तिक,९- “ मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि छ । “ मतपत्रमा के हो […]
आज छठ पर्व मनाइँदै
काठमाडौं, कात्तिक ९- मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला […]










